डिभिजन २ मा यूएईविरुद्ध पारस खड्काको अर्धशतक 

खरीबोट
ad

काठमाडौं । नामिबियामा जारी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत आज भएको यूएईविरुद्धको खेलमा कप्तान पारस खड्काले अर्धशतक प्रहार गरेका छन् । आक्रामक ब्याटिंग गर्ने क्रममा कप्तान खड्काले पाँच छक्का र दुई चौकाको मद्दतमा ४८ बलमा ५१ रन बनाई अर्धशतकीय पारी खेलेका हुन् । 

उनी अमिर हायातको बलमा क्याचआउट भएका थिए । अहिले नामिबियाको विन्डहोक मैदानमा नेपाल र यूएईबीच खेल भइरहेको छ । नेपालले टस जितेर फिल्डिंग रोजेपछि यूएईले ब्याटिंग गरेको थियो । सो क्रममा यूएईलाई नेपाली बलरहरुले कसिलो बलिंग गर्दै ११४ रनमै समेटिदिएका थिए ।

अहिले नेपाल लक्ष्य पछ्याइरहेको छ । विजयको नजिक पुगेको नेपालले २१ ओभरको समाप्तिमा पाँच विकेट गुमाएर ८५ रन जोडिसकेको छ । 

पारस खड्का जमे पनि उपकप्तान ज्ञानेन्द्र मल्ल ११ बल  खेल्दै पाँच रन बनाएर आउट भएका थिए भने दिलिप नाथ नौ बलमा २ रन, दिपेन्द्र सिंह ऐरी १३ बलमा ४ रन, शरद भेषवाकर १३ बलमा ३ रन बनाएर सस्तैमा आउट हुन पुग्दा नेपाल दबाबमा परेको थियो ।

तर खड्काले विस्फोटक ब्याटिंग गरेपछि नेपाल जिततिर उन्मुख भएको छ । 

सम्बन्धित समाचार

कप्तान पारस खड्का अर्धशतक बनाएर आउट 

काठमाडौँ।  कप्तान पारस खड्काले अर्धशतक हानेका छन्।   नेदरल्यान्ड्सविरुद्धको खेलमा कप्तान पारसले ६५ बलमा अर्धशतक हानेका हुन्।   पारसले आफ्नो अर्धशतकीय पारीमा २ छक्का र ६ चौका हानेका छन्। पारस ५१ रन

अन्तिम अभ्यास खेलमा पारस खड्काले हाने तुफानी अर्धशतक 

काठमाडौँ।  नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले चौथो अभ्यास टि-२० खेलमा अर्धशतक हानेका छन्।   इष्ट लन्डन शार्कविरुद्धको खेलमा पारसले २२ बलमा आफ्नो तुफानी अर्धशतक हानेका छन् ।   नेपालले टस

अभ्यास खेलमा पारस खड्काले हाने शतक 

काठमाडौँ ।  नेपाली राष्ट्रिय टिमका  कप्तान पारस खड्काले हम्शायर हग्स क्रिकेट क्लबविरुद्धको अभ्यास खेलमा शतक हानेका छन् ।  अहिले जारी अभ्यास खेलमा पारसले शतक हानेर खेलिरहेको छन् ।  नेपालले एमसीसी र

कप्तान पारस खड्काले जिते बर्षको ‘उत्कृष्ट खेलाडी अवार्ड’

काठमाडौं । नेपाली क्रिकेट राष्ट्रिय टिमका कप्तान पारस खड्काले यस बर्षको पुरुषतर्फको उत्कृष्ट खेलाडीको अवार्ड जितेका छन् ।  नेपाल खेलकुद पत्रकार संघले आयोजना गरेको स्पोर्ट्स अवार्डमा पारसले क्रिकेटकै सन्दीप लामिछाने, व्याटमिनटनका


z