कप्तान खड्काको विष्फोटक ब्याटिङपछि यूएईविरुद्ध नेपाल चार विकेटले विजयी 

खरीबोट
ad

काठमाडौं । नामिबियामा जारी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत आज भएको यूएईविरुद्धको खेलमा नेपाल ४ विकेटले विजयी भएको छ । दोस्रो खेल ओमानसँग हारे पनि नेपाल तेस्रो खेलमा यूएईलाई हराउन सफल भएको हो । नेपालले २८.५ ओभरमै युएईले दिएको ११५ रनको लक्ष्य पार गरेको हो । 

कप्तान पारस खड्काले विष्फोटक ब्याटिंग गर्दै अर्धशतक प्रहार गरेपछि नेपालको जितको आधार तय भएको थियो । आक्रामक ब्याटिंग गर्ने क्रममा कप्तान खड्काले पाँच छक्का र दुई चौकाको मद्दतमा ४८ बलमा ५१ रन बनाई अर्धशतकीय पारी खेले । त्यस्तै आरिफ शेखले ३३ बलमा १६ रन बटुलेका थिए भने आरके पौडेल र सोमपाल कामीले क्रमशः १२ र १० रन जोडे । 

उनी अमिर हायातको बलमा क्याचआउट भएका थिए । नामिबियाको विन्डहोक मैदानमा भएको खेलमा नेपालले टस जितेर फिल्डिंग रोजेपछि यूएईले पहिला ब्याटिंग गरेको थियो । सो क्रममा यूएईलाई नेपाली बलरहरुले कसिलो बलिंग गर्दै ११४ रनमै समेटिदिएका थिए । नेपालका बलरहरु सोमपाल कामीले ४, सन्दिप लामिछानेले ३, पारस खड्काले २ तथा करण केसीले १ विकेट लिएका थिए । 

यूएईका मोहम्मद नाविद र अमिर हायातले २, २ तथा रोहन मुस्ताफाले १ विकेट लिए । 

पारस खड्का जमे पनि उपकप्तान ज्ञानेन्द्र मल्ल ११ बल  खेल्दै पाँच रन बनाएर आउट भएका थिए भने दिलिप नाथ नौ बलमा २ रन, दिपेन्द्र सिंह ऐरी १३ बलमा ४ रन, शरद भेषवाकर १३ बलमा ३ रन बनाएर सस्तैमा आउट हुन पुग्दा नेपाल दबाबमा परेको थियो । 

सम्बन्धित समाचार

मुक्तिनाथ विकास बैंकद्धारा नेपाल प्रहरीलाई साईकल सहयोग 

काठमाडौँ। मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत कञ्चन ३ हरैया रुपन्देहीस्थित अस्थाई प्रहरी पोष्ट प्रतापपुरलाई दुई थान साईकल हस्तानतरण गरेको छ ।  उक्त साईकल मुक्तिनाथ विकास बैंकको रुपन्देही हरैयाका शाखा

नेकपा सचिवालय बैठकमा नेता नेपालको असन्तुष्टिलगायत आन्तरिक विषयमा छलफल हुदै 

काठमाडौँ। दशैँअघि पटक पटक स्थगन हुँदै आएको नेपाल कम्युनिष्ट पार्टीको आजको सचिवालय बैठकमा अहिले प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ ।  गत असोज २२ को सचिवालय बैठकले असोज २४ का लागि

एथ्लेटीको म्याड्रिडले नेपाली फुटबलको विकासमा सहयोग गर्ने

काठमाडौँ। स्पेनको फुटबल क्लब एथ्लेटीको म्याड्रिडले नेपालको फुटबल विकासका लागि सहयोग गर्ने भएको छ ।  विश्वभर अन्तर्राष्ट्रिय सामाजिक विद्यालयहरू बनाएर फाउन्डेशनमार्फत सहयोग गर्दै आएको एथ्लेटीको म्याड्रिडले गैरआवासीय नेपाली सङ्घका अध्यक्ष भवन

नेपालमै लगानी गर्छौँ : गैरआवासीय नेपाली संगठन 

काठमाडौँ / गैरआवासीय नेपाली सङ्गठनले मातृभूमि नेपालको आर्थिक समृद्धि एवं विकासका निम्ति थप लगानी गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।  यहाँ आइतबार सम्पन्न गैरआवासीय नेपालीविज्ञको विश्व सम्मेलनबारे जानकारी दिने उद्देश्यले सम्मेलन


z