• २०८१ बैशाख ७ शुक्रबार

कप्तान खड्काको विष्फोटक ब्याटिङपछि यूएईविरुद्ध नेपाल चार विकेटले विजयी 

kharibot

काठमाडौं । नामिबियामा जारी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत आज भएको यूएईविरुद्धको खेलमा नेपाल ४ विकेटले विजयी भएको छ । दोस्रो खेल ओमानसँग हारे पनि नेपाल तेस्रो खेलमा यूएईलाई हराउन सफल भएको हो । नेपालले २८.५ ओभरमै युएईले दिएको ११५ रनको लक्ष्य पार गरेको हो । 

कप्तान पारस खड्काले विष्फोटक ब्याटिंग गर्दै अर्धशतक प्रहार गरेपछि नेपालको जितको आधार तय भएको थियो । आक्रामक ब्याटिंग गर्ने क्रममा कप्तान खड्काले पाँच छक्का र दुई चौकाको मद्दतमा ४८ बलमा ५१ रन बनाई अर्धशतकीय पारी खेले । त्यस्तै आरिफ शेखले ३३ बलमा १६ रन बटुलेका थिए भने आरके पौडेल र सोमपाल कामीले क्रमशः १२ र १० रन जोडे । 

उनी अमिर हायातको बलमा क्याचआउट भएका थिए । नामिबियाको विन्डहोक मैदानमा भएको खेलमा नेपालले टस जितेर फिल्डिंग रोजेपछि यूएईले पहिला ब्याटिंग गरेको थियो । सो क्रममा यूएईलाई नेपाली बलरहरुले कसिलो बलिंग गर्दै ११४ रनमै समेटिदिएका थिए । नेपालका बलरहरु सोमपाल कामीले ४, सन्दिप लामिछानेले ३, पारस खड्काले २ तथा करण केसीले १ विकेट लिएका थिए । 

यूएईका मोहम्मद नाविद र अमिर हायातले २, २ तथा रोहन मुस्ताफाले १ विकेट लिए । 

पारस खड्का जमे पनि उपकप्तान ज्ञानेन्द्र मल्ल ११ बल  खेल्दै पाँच रन बनाएर आउट भएका थिए भने दिलिप नाथ नौ बलमा २ रन, दिपेन्द्र सिंह ऐरी १३ बलमा ४ रन, शरद भेषवाकर १३ बलमा ३ रन बनाएर सस्तैमा आउट हुन पुग्दा नेपाल दबाबमा परेको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै