कप्तान खड्काको विष्फोटक ब्याटिङपछि यूएईविरुद्ध नेपाल चार विकेटले विजयी 

खरीबोट
ad

काठमाडौं । नामिबियामा जारी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत आज भएको यूएईविरुद्धको खेलमा नेपाल ४ विकेटले विजयी भएको छ । दोस्रो खेल ओमानसँग हारे पनि नेपाल तेस्रो खेलमा यूएईलाई हराउन सफल भएको हो । नेपालले २८.५ ओभरमै युएईले दिएको ११५ रनको लक्ष्य पार गरेको हो । 

कप्तान पारस खड्काले विष्फोटक ब्याटिंग गर्दै अर्धशतक प्रहार गरेपछि नेपालको जितको आधार तय भएको थियो । आक्रामक ब्याटिंग गर्ने क्रममा कप्तान खड्काले पाँच छक्का र दुई चौकाको मद्दतमा ४८ बलमा ५१ रन बनाई अर्धशतकीय पारी खेले । त्यस्तै आरिफ शेखले ३३ बलमा १६ रन बटुलेका थिए भने आरके पौडेल र सोमपाल कामीले क्रमशः १२ र १० रन जोडे । 

उनी अमिर हायातको बलमा क्याचआउट भएका थिए । नामिबियाको विन्डहोक मैदानमा भएको खेलमा नेपालले टस जितेर फिल्डिंग रोजेपछि यूएईले पहिला ब्याटिंग गरेको थियो । सो क्रममा यूएईलाई नेपाली बलरहरुले कसिलो बलिंग गर्दै ११४ रनमै समेटिदिएका थिए । नेपालका बलरहरु सोमपाल कामीले ४, सन्दिप लामिछानेले ३, पारस खड्काले २ तथा करण केसीले १ विकेट लिएका थिए । 

यूएईका मोहम्मद नाविद र अमिर हायातले २, २ तथा रोहन मुस्ताफाले १ विकेट लिए । 

पारस खड्का जमे पनि उपकप्तान ज्ञानेन्द्र मल्ल ११ बल  खेल्दै पाँच रन बनाएर आउट भएका थिए भने दिलिप नाथ नौ बलमा २ रन, दिपेन्द्र सिंह ऐरी १३ बलमा ४ रन, शरद भेषवाकर १३ बलमा ३ रन बनाएर सस्तैमा आउट हुन पुग्दा नेपाल दबाबमा परेको थियो । 

सम्बन्धित समाचार

नेपालमै लगानी गर्छौँ : गैरआवासीय नेपाली संगठन 

काठमाडौँ / गैरआवासीय नेपाली सङ्गठनले मातृभूमि नेपालको आर्थिक समृद्धि एवं विकासका निम्ति थप लगानी गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।  यहाँ आइतबार सम्पन्न गैरआवासीय नेपालीविज्ञको विश्व सम्मेलनबारे जानकारी दिने उद्देश्यले सम्मेलन

नेपालमा पाराग्लाइडिङ विश्वकप हुने

काठमाडौँ। नेपाल पाराग्लाइडिङ तथा ह्याण्डग्लाइडिङ सङ्घ, नेपाल हवाई खेलकुद संस्था, बाबु एड्भेन्चर क्लब स्याङ्जाको संयुक्त आयोजनामा नेपालमा पहिलो पटक पाराग्लाइडिङ विश्वकप हुने भएको छ ।  हालै इन्डोनेसियामा सम्पन्न १८औँ एशियाली खेलकुद

वेस्ट इन्डिजविरुद्धको टेस्ट सिरिजमा भारत २-० ले विजयी, पृथ्वी शा बने म्यान अफ द सिरिज 

काठमाडौँ।  भारत भ्रमणमा रहेको वेस्टइन्डिजको क्रिकेटटिम भारतसँगको टेस्ट सिरिज २-० ले गुमाएको छ। दोस्रो टेस्टको तेस्रो दिन वेस्टइन्डिजले दिएको ७२ रनको लक्ष्य भारतले बिना कुनै विकेट गुमाई पुरा गरेपछि भारतले

नेपाल इन्भेष्टमेण्ट बैंकको ६ ठाउँमा एटिएम सेवा सुरु

काठमाडौँ। नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले काठमाडौं, भक्तपुर, रसुवा र सर्लाहीका विभिन्न ६ स्थानमा एटिएम सेवा सुरु गरेको छ ।  काठमाडौको सितापाइलास्थित वाफल शाखा, धापासीस्थित ग्राण्डी अन्तराष्ट्रिय अस्पताल, बालुवाटारस्थित नेपाल राष्ट्र बैंक


z