विवाहको अघिल्लो दिनदेखी नै बालकृष्ण खरेल बेपत्ता

खरीबोट

नवलपरासी । नवलपरासी बर्दघाट–सुस्ता पूर्व  रजहरबाट बेपत्ता भएका युवा बालकृष्ण खरेलको अवस्था अझै सार्वजनिक हुन सकेको छैन । 

गत माघ २२ गते मध्यरात १२ बजेपछि आफ्नै घरबाट बेपत्ता भएका खरेलको एक साता बितिसक्दा पनि कुनै पत्ता नलागेपछि खरेल एकाएक बेपता हुनुलाई निकै आचर्यका रुपमा लिइएको छ ।

बेपत्ता भएका खरेलको कसैसँग रिस राग समेत नभएको पारिवारिक स्रोतले जनाएको छ । २८ वर्षीय युवा खरेल विगत ९ वर्षदेखि वैदेशिक रोजगारीका क्रममा स्पेनमा रहँदै आएका थिए । करिब दुई महिनाअघि मात्र प्रवासबाट घर फर्किएका उनको भोलिपल्ट विवाहको कार्यक्रम रहेको थियो । 

बेपत्ता खरेलको खोजीका लागि उनका आफन्त, अमरापुरीका स्थानीयवासीले स्थानीय प्रशासनसहित सबै सरोकारवालालाई अपिल गरेका छन् । आफ्नो निकटतम साथी घरैबाट एकाएक बेपत्ता भएपछि स्थानीय युवाहरुसहित सिंगो अमरापुरी अहिले चिन्ताग्रस्त भएको छ ।

अत्यन्तै मिलनसार र अनुशासित युबा खरेललाई अविलम्ब खोजी गरी घर फर्काउन समेत स्थानीयवासीले माग गरेका छन् ।

सम्बन्धित समाचार

नवलपरासीमा बस दुर्घटनामा २५ घाइते, तीन जनाको अवस्था चिन्ताजनक 

कावासोती। पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको गैँडाकोट नगरपालिका–१४ अमरापुरीमा आज बिहान २ बजे बस दुर्घटना हुँदा २५ घाइते भएका छन् ।  जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी उपरीक्षक रमेश थापाका अनुसार दाङबाट

कुटपिटबाट ज्यान गएपछि प्रहरीको नियन्त्रणमा आठ व्यक्ति

नवलपरासी । पश्चिम नवलपरासीमा अपरिचित समूहको कुटपिटबाट एकजनाको मृत्यु भएको छ । अर्का एकजना गम्भीर घाइते भएका छन् । बिहीबार राति जिल्लाको सुनवल नगरपालिका वडा नं १० स्थित गैँडाखाल गाउँमा युवाबीच

नवलपरासीमा दुर्घटनामा ११ जना घाइते, २ को अवस्था गम्भीर 

कावासोती। पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको गैँडाकोट नगरपालिका नौ थुम्सिमा आज बिहान ५ बजेको समयमा रोकिराखेको ट्रकमा बस ठोक्किदा ११ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था चिन्ताजनक रहेको

नवलपरासीमा गैँडा मृत फेला

नवलपरासी । नवलपरासीको मध्यविन्दु नगरपालिका–२ सेहरीमा अन्दाजी दुई वर्षको अर्धवयस्क पोथी गैँडा मृतावस्थामा फेला परेको छ । चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षक अधिकृत नुरेन्द्र अर्यालले गैँडाको मृत्यु के कारणले भएको


z