• २०८१ बैशाख ८ शनिबार

विवाहको अघिल्लो दिनदेखी नै बालकृष्ण खरेल बेपत्ता

kharibot

नवलपरासी । नवलपरासी बर्दघाट–सुस्ता पूर्व  रजहरबाट बेपत्ता भएका युवा बालकृष्ण खरेलको अवस्था अझै सार्वजनिक हुन सकेको छैन । 

गत माघ २२ गते मध्यरात १२ बजेपछि आफ्नै घरबाट बेपत्ता भएका खरेलको एक साता बितिसक्दा पनि कुनै पत्ता नलागेपछि खरेल एकाएक बेपता हुनुलाई निकै आचर्यका रुपमा लिइएको छ ।

बेपत्ता भएका खरेलको कसैसँग रिस राग समेत नभएको पारिवारिक स्रोतले जनाएको छ । २८ वर्षीय युवा खरेल विगत ९ वर्षदेखि वैदेशिक रोजगारीका क्रममा स्पेनमा रहँदै आएका थिए । करिब दुई महिनाअघि मात्र प्रवासबाट घर फर्किएका उनको भोलिपल्ट विवाहको कार्यक्रम रहेको थियो । 

बेपत्ता खरेलको खोजीका लागि उनका आफन्त, अमरापुरीका स्थानीयवासीले स्थानीय प्रशासनसहित सबै सरोकारवालालाई अपिल गरेका छन् । आफ्नो निकटतम साथी घरैबाट एकाएक बेपत्ता भएपछि स्थानीय युवाहरुसहित सिंगो अमरापुरी अहिले चिन्ताग्रस्त भएको छ ।

अत्यन्तै मिलनसार र अनुशासित युबा खरेललाई अविलम्ब खोजी गरी घर फर्काउन समेत स्थानीयवासीले माग गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै