सशस्त्रलाई ४-० गोल अन्तरले हराउँदै आर्मी सेमीफाइनलमा

खरीबोट
ad

बारा । सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ४–० ले स्तव्ध पार्दै त्रिभुवन आर्मी क्लब बाराको सिमरा रङ्गशालामा जारी नवौं सिमरा गोल्डकपको सेमी फाइनलमा प्रवेश गरेको छ । 
त्रिभुवन आर्मीको सेमीफाइनल यात्रामा म्यान अफ दि म्याच जर्जप्रिन्स कार्कीले २, नवयुग श्रेष्ठ र दिनेश हेम्जनले समान १, १ गोल गरे । 

सशस्त्र प्रहरीविरुद्ध आर्मीका जर्जप्रिन्स कार्कीले खेलको ३६ औं मिनटमा पहिलो गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० ले पछि परेको एपिएफ विरुद्ध आर्मीले दोश्रो हाफमा ३ गोल गर्यो । 

दोश्रो हाफको शुरुवातमै नवयूग श्रेष्ठले आर्मीको अग्रता दोव्वर पारे । खेलको ४७ औं मिनटमा नवयूगको गोलपछि सशस्त्र थप दवावमा प¥यो । खेलको ७१ औं मिनटमा अण्डर १९ राष्ट्रिय फुटबल टिमका स्ट्राइकर दिनेश हेम्जनले आर्मीका लागि तेश्रो गोल गरे । 

खेलको उतरार्धमा ३–० को फराकिलो अन्तर झेलेको एपिएफ खेलको ७५ औं मिनटमा ९ खेलाडीमा सिमित भयो भने आर्मी १० खेलाडीमा सिमित भयो । 

एपिएफका रञ्जन विष्टले आर्मीका विमल पाण्डेलाई लडाएपछि केहीबेर दुवै टिमबीच तनाव सिर्जना भयो । फलपछि पहेंलो कार्ड खाएका रञ्जन आर्मीका खेलाडीसँग झगडा गर्न गएपछि उनी दोहोरो पहेंलो कार्ड खाँदै बाहिरिएका थिए । 

रञ्जनसँगै उनका भाई एवं एपिएफका स्ट्राईकर अञ्जन पनि दोहोरो पहेंलो कार्ड खाँदै बाहिरए भने आर्मीका चर्चित स्ट्राईकर नवयूग श्रेष्ठ रातो कार्ड पाएर मैदानबाट बाहिर निस्के । 
९ खेलाडीमा सीमित एपीएफविरुद्ध आर्मीले खेलको अन्तिम समयमा चौथो गोल ग¥यो ।

खेलको ८२ औं मिनटमा आर्मीका जर्ज प्रिन्स कार्कीले व्यक्तिगत दोश्रो गोल गर्दै आर्मीलाई ४–० को शानदार जित दिलाए । 

प्रतियोगितामा सोमबार रुस्लान थ्रिस्टार क्लब र सुदुर पस्चिम ११ स्पोर्टस क्लब धनगढीबीच खेल हुँदै छ ।

सम्बन्धित समाचार

एनआरटीविरुद्ध त्रिभुवन आर्मी रोमान्चक कमब्याक, आर्मीका सन्तोष तामाङले गरे दुई गोल  

काठमाडौँ। चार वर्षपछि शुरु भएको शहीद स्मारक ए डिभिजन लिगको पहिलो खेल त्रिभुवन आर्मी क्लब र न्यूरो टिम (एनआरटी) बीचको खेल बराबरीमा सकिएको छ। खेलको अन्तिम मिनेटमा आर्मीका सन्तोष तामाङले आफ्नो

शहीद स्मारक ए डिभिजन लिग : पहिलो खेलमा एनआरटी र आर्मी भिड्ने

काठमाडौँ।  यही असोज १३ गतेदेखि शुरु हुने शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उद्घाटन खेल न्युरोड टिम एनआरटी र विभागीय टोली त्रिभुवन आर्मी क्लबबीच हुने भएको छ ।  अखिल नेपाल फुटबल

अभ्यास खेलमा नेपालले श्रीलंका आर्मी क्लबलाई १९५ रनको लक्ष्य दियो 

काठमाडौँ। एशिया कप क्वालिफायरको तयारीमा श्रीलंकामा रहेको नेपाली क्रिकेट टिमले आज श्रीलंका क्रिकेट टिमसँग अभ्यास खेल  खेलिरहेको छ। टस जितेर पहिला ब्याटिंग गर्दै नेपालले ४८.४ ओभरमा अलआउट हुदै १९४ रन

विश्वकपको सेमीफाइनलमा युरोपका चार देश, यस्तो छ विश्वकप यात्रा 

काठमाडौँ । यस विश्वकपको सेमिफाइनलको समीकरण पुरा भएको छ ।  ३२ देशले भाग लिएको यस विश्वकपमा फ्रान्स, बेल्जियम, इङल्याण्ड र क्रोसिया सेमिफाइनलमा पुगेका छन् । जसमध्ये फ्रान्स र इङल्याण्डले एक एक


z