• २०८१ बैशाख ८ शनिबार

सशस्त्रलाई ४-० गोल अन्तरले हराउँदै आर्मी सेमीफाइनलमा

kharibot

बारा । सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ४–० ले स्तव्ध पार्दै त्रिभुवन आर्मी क्लब बाराको सिमरा रङ्गशालामा जारी नवौं सिमरा गोल्डकपको सेमी फाइनलमा प्रवेश गरेको छ । 
त्रिभुवन आर्मीको सेमीफाइनल यात्रामा म्यान अफ दि म्याच जर्जप्रिन्स कार्कीले २, नवयुग श्रेष्ठ र दिनेश हेम्जनले समान १, १ गोल गरे । 

सशस्त्र प्रहरीविरुद्ध आर्मीका जर्जप्रिन्स कार्कीले खेलको ३६ औं मिनटमा पहिलो गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० ले पछि परेको एपिएफ विरुद्ध आर्मीले दोश्रो हाफमा ३ गोल गर्यो । 

दोश्रो हाफको शुरुवातमै नवयूग श्रेष्ठले आर्मीको अग्रता दोव्वर पारे । खेलको ४७ औं मिनटमा नवयूगको गोलपछि सशस्त्र थप दवावमा प¥यो । खेलको ७१ औं मिनटमा अण्डर १९ राष्ट्रिय फुटबल टिमका स्ट्राइकर दिनेश हेम्जनले आर्मीका लागि तेश्रो गोल गरे । 

खेलको उतरार्धमा ३–० को फराकिलो अन्तर झेलेको एपिएफ खेलको ७५ औं मिनटमा ९ खेलाडीमा सिमित भयो भने आर्मी १० खेलाडीमा सिमित भयो । 

एपिएफका रञ्जन विष्टले आर्मीका विमल पाण्डेलाई लडाएपछि केहीबेर दुवै टिमबीच तनाव सिर्जना भयो । फलपछि पहेंलो कार्ड खाएका रञ्जन आर्मीका खेलाडीसँग झगडा गर्न गएपछि उनी दोहोरो पहेंलो कार्ड खाँदै बाहिरिएका थिए । 

रञ्जनसँगै उनका भाई एवं एपिएफका स्ट्राईकर अञ्जन पनि दोहोरो पहेंलो कार्ड खाँदै बाहिरए भने आर्मीका चर्चित स्ट्राईकर नवयूग श्रेष्ठ रातो कार्ड पाएर मैदानबाट बाहिर निस्के । 
९ खेलाडीमा सीमित एपीएफविरुद्ध आर्मीले खेलको अन्तिम समयमा चौथो गोल ग¥यो ।

खेलको ८२ औं मिनटमा आर्मीका जर्ज प्रिन्स कार्कीले व्यक्तिगत दोश्रो गोल गर्दै आर्मीलाई ४–० को शानदार जित दिलाए । 

प्रतियोगितामा सोमबार रुस्लान थ्रिस्टार क्लब र सुदुर पस्चिम ११ स्पोर्टस क्लब धनगढीबीच खेल हुँदै छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै