• २०८१ बैशाख ७ शुक्रबार

आगामी फागुन १८ मा पोखरामा अन्तर्राष्ट्रिय रेस्लिंग हुँदै 

kharibot

काठमाडौं । नेपाल रिंग रेस्लिंग संघले आगामी फागुन १८ गते पोखरामा अन्तर्राष्ट्रिय रिंग रेस्लिंग प्रतियोगिता आयोजना गर्ने भएको छ । आइतबार यसबारे जानकारी दिँदै संघले आरडब्ल्यु संग्राम नामक अन्तर्राष्ट्रि रेस्लिंग प्रतियोगिताबारे जानकारी गराएको हो । 

पोखराको रंगशाला परिसरमा आयोजना हुने प्रतियोगितामा चार देशका रेस्लरहरु सहभागी हुनेछन् । नेपालको तर्फवाट नुवाकोटे टाईगर, ठाकु , डेभिड, साईन , ब्लेड, भिलेन, राम, रावण, टुप्पी ग्याड.ले प्रतिस्पर्धा गर्ने छन् भने अमेरिकाका प्रो रेस्लर गेमर, भारतका मास्क म्यान, ड्यानी, आर डी एक्स, ज्थाक्स र नीलले पोखरेली दर्शकलाई मनोरञ्जन दिने छन् ।  प्रतियोगिताको आकर्षणका रुपमा महिला रेस्लरहरु रहेका छन् ।  

रसियाकी मेफिस्तोका साथमा नेपाली महिला रेस्लर दिलासाले सहभागिता जनाउने भएकी छन् । त्यसैगरि अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिताका खेलहरु पहिलो महिला रेस्लिङ रेफ्री सुनिता थापा, कुबेर के. सी. र प्रदिप पाण्डे ले संचालन गर्ने छन् ।  उक्त प्रतियोगिता मा कमेन्टेटर मा नेपालका प्रशिद्घ ¥यापर बुलेटफ्लो थापाकाजी र मिस्टर प्रिन्स को जोडी रहनेछ भने उदघोषण कलाकार कबिता गेलाल शर्माले गर्नेछिन् । 

पोखरामा हुने सो प्रतियोगिताको प्रत्यक्ष प्रसारण डिसहोम एक्सन स्पोर्टस टिभीले गर्नेछ । नेपाली दर्शकहरुले डिसहोम एक्सन स्पोर्टस टिभीमार्फत अन्तर्राष्ट्रियस्तरको रेस्लिङ हेर्न पाइने आयोजकको भनाइ छ ।

संघले काठमाडौंमा मिति २०७३ साल बैशाख ०४ गते पहिलो अन्तर्राष्ट्रिय रिंग रेस्लिङ च्याम्पियनसिप गरेको थियो । त्यसैगरि पर्यटकिय नगरि पोखरामा २०७३ साल फागुन १८—२१ मा नेपाल भारत मैत्रिपुर्ण प्रतियोगिता र २०७४ साल कात्र्तिक २५ गते दोश्रो अन्तर्राष्ट्रिय रिंग रेस्लिङ च्याम्पियनसिप काठमाण्डौ र ईटहरीमा सम्पन्न गरिसकेका छ ।
रेस्लरले पत्रकारलाई झम्टिएपछि .. 

यसैबीच, पत्रकार सम्मेलनमा प्रश्न सोध्ने पत्रकारविरुद्ध अमेरिकी रेस्लरले झम्टिएपछि नेपाल रेस्लिंग संघले दुःख व्यक्त गरेको छ । नयाँ पत्रिकाका संवाददाता प्रकाश कँडेललाई रेस्लरले दुव्र्यवहार गरेकोमा गल्ती स्वीकार्दै संघले उनीसँग स्पष्टीकरण लिने संघकी अध्यक्ष सुनिता थापाले बताइन् । 
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै