• २०८१ बैशाख ८ शनिबार

प्रचण्ड र ओलीबीच भेटवार्ता, एकता संयोजन समितिको बैठकको तयारी

kharibot

काठमाडौँ / नयाँ सरकार गठन र पार्टी एकता प्रक्रियालगायतका विषयमा आज नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । 

ललितपुरस्थित एक निजी निवासमा भएको भेटवार्ताबारे विस्तृत जानकारी भने आइसकेको छैन ।

पार्टी एकता र सरकार गठनलाई सँगसँगै अघि बढाउन सहमत दुई दलबीच एकतामा नीति र नेतृत्वमा सहमति जुटाउन उनीहरु वार्तामा जुटेको अध्यक्ष ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । 

उनीहरुको भेटवार्तापछि चाँडै पार्टी एकता संयोजन समितिको बैठकको तयारी भएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै