• २०८१ बैशाख ६ बिहीबार

महानगरीय प्रहरी परिसर काठमाडौंमा पोखरेल आए, धानुक गए

kharibot

काठमाडौँ / महानगरीय प्रहरी परिसर, काठमाडौँका प्रमुखका रुपमा वरिष्ठ प्रहरी उपरीक्षक विश्वराज पोखरेलले आजदेखि कार्यभार सम्हालेका छन्  । 

प्रहरी प्रधान कार्यालयले यसअघिका परिसरका प्रमुख, वरिष्ठ प्रहरी उपरीक्षक रवीन्द्र धानुकको आइतबार सरुवा गर्दै उनको ठाउँमा पोखरेललाई ल्याएको थियो । 

आजदेखि परिसरमा हाजिर गरेको र कानूनको कार्यान्वयनलाई आफूले प्राथमिकतामा राख्ने उनले बताए । शान्ति सुव्यवस्था कायम गरी राजधानीवासीलाई सुरक्षाको पूर्ण प्रत्याभूति दिन आफूले सक्दो पहल गर्ने उहाँले प्रतिबद्धता व्यक्त गरे । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै