• २०८१ बैशाख ८ शनिबार

एभरेष्ट बैकको नाफा एक अर्ब ९८ करोड १६ लाख

kharibot

फाइल तस्विर

काठमाडौ । एभरेष्ट बैकले आर्थिक बर्ष २०७३-०७४ को चौंथौ त्रैमासिक अवधिमा एक अर्ब ९८ करोड १६  लाख ९८ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले एक अर्ब ७३ करोड दुई लाख सात हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । 

चुक्ता पुंजी छ अर्ब ११ करोड ५२ लाख ३५ हजार रुपैयाँ रहेको बैकले आर्थिक बर्ष २०७३-०७४ को चौथौं त्रैमासिक अवधिमा ९५ अर्ब नौ करोड ४४ लाख ६१ हजार रुपैयाँ निक्षेप संकलन गरी ७८ अर्ब २८ करोड ४६ लाख ७९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

खुद व्याज आम्दानी तीन अर्ब ७३ करोड ९० लाख १६ हजार रुपैयाँ रहेको बैकको प्रोभिजन रकम १२ करोड २४ लाख ४९ हजार रुपैयाँ रहेको छ । राईट व्याक रकम चार करोड ३३ लाख २४ हजार रुपैयाँ रहेको बैकमा शुन्य दसमलव ५१ प्रतिसत कर्जा निष्क्रिय रहेको छ ।

अघिल्लो आवको सोही अवधिमा बैकले ९३ अर्ब ७३ करोड ५४ लाख ८१ हजार रुपैयाँ निक्षेप संकलन गरी ६८ अर्ब ९१ करोड १५ लाख ४३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । खुद व्याज आम्दानी तीन अर्ब २२ करोड ८५ लाख ८५ हजार रुपैयाँ रहेको बैकमा शुन्य दसमलव ३८ प्रतिसत कर्जा निष्क्रिय रहेको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै