प्रदेश २ मा बिहीबारसम्म मुख्यमन्त्री नियुक्त गरिसक्न दलहरुलाई आह्वान सोमबार

खरीबोट
ad

जनकपुरधाम । प्रदेश नं २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले आगामी फागुन ३ गतेभित्र मुख्यमन्त्री नियुक्तिका लागि राजनीतिक दललाई आह्वान गरेका छन् । 

प्रदेश प्रमुख कार्यालयद्वारा सोमबार जारी विज्ञप्तिमा नेपालको संविधानको धारा १६८ उपधारा १ बमोजिम प्रदेश नं २ को प्रदेशसभामा कुनै पनि राजनीतिक दलको स्पष्ट बहुमत नरहेकाले मुख्यमन्त्री नियुक्तिका लागि सोही धाराको २ बमोजिम मुख्यमन्त्री नियुक्तिका लागि आह्वान गरेको उल्लेख गरिएको छ । 

प्रदेश प्रमुख कार्यालय सचिव लावण्यकुमार ढकालका अनुसार प्रदेश प्रमुखबाट दुई वा सोभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दललाई सो अवधिभित्र मुख्यमन्त्री नियुक्तिका लागि आह्वान गरिएको हो । 

सम्बन्धित समाचार

प्रचण्ड र मुख्यमन्त्री राउतबीच जुहारी : केन्द्रको हुङ्कार र प्रदेशको पिडा    

काठमाडौँ। मंगलबार जनकपुरधाममा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतबिछ जुहारी नै चल्यो।   राजनीतिक रुपमा यस्ता जुहारी हरेक दिन चल्ने भए पनि संघीय सरकारका

प्रदेश-२ का मुख्यमन्त्री लालबाबु राउतलाई प्रचण्डको चेतावनी 

जनकपुरधाम। नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले प्रदेश-२ का मुख्यमन्त्री लालबाबु राउतलाई दुर्घटना निम्त्याउने काम नगर्न चेतावनी दिएका छन्।  प्रदेश-२ को सदनबाट हालै पारित प्रदेश प्रहरी

विकासका लागि क्षेत्रीय स्वार्थ त्याग्नुपर्छ : मुख्यमन्त्री पोखरेल

तुलसीपुर /  प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले जिल्लाको विकास र समृद्धिका लागि सबैको साझा एजेण्डा हुनुपर्ने बताएका छन  ।  तुलसीपुर उपमहानगरपालिकाले सोमबार आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उनले सो कुरा बताएका

मुख्यमन्त्री पोखरेलको दशैं शुभकामना : सङ्घीयता कार्यान्वयनमा जोड

बुटवल। प्रदेश नं. ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले व्यक्ति, परिवार र समाजलाई जोड्ने मौलिक पर्वका रुपमा दशैँ स्थापित रहेको बताउएका छन् ।  मुख्यमन्त्री पोखरेलले नेपालीहरुको महान् पर्व विजयादशमीको अवसरमा आज शुभकामना


z