• २०८१ बैशाख ४ मंगलबार

प्रदेश २ मा बिहीबारसम्म मुख्यमन्त्री नियुक्त गरिसक्न दलहरुलाई आह्वान सोमबार

kharibot

जनकपुरधाम । प्रदेश नं २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले आगामी फागुन ३ गतेभित्र मुख्यमन्त्री नियुक्तिका लागि राजनीतिक दललाई आह्वान गरेका छन् । 

प्रदेश प्रमुख कार्यालयद्वारा सोमबार जारी विज्ञप्तिमा नेपालको संविधानको धारा १६८ उपधारा १ बमोजिम प्रदेश नं २ को प्रदेशसभामा कुनै पनि राजनीतिक दलको स्पष्ट बहुमत नरहेकाले मुख्यमन्त्री नियुक्तिका लागि सोही धाराको २ बमोजिम मुख्यमन्त्री नियुक्तिका लागि आह्वान गरेको उल्लेख गरिएको छ । 

प्रदेश प्रमुख कार्यालय सचिव लावण्यकुमार ढकालका अनुसार प्रदेश प्रमुखबाट दुई वा सोभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दललाई सो अवधिभित्र मुख्यमन्त्री नियुक्तिका लागि आह्वान गरिएको हो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै