• २०८१ बैशाख ४ मंगलबार

दुुई प्रतिशत ब्याजमा भूकम्पपीडितलाई हालसम्म एक अर्ब १२ करोड कर्जा 

kharibot

काठमाडौं । नेपाल राष्ट्र बैकले भूकम्पपीडितलाई दिने भनेको दुुई प्रतिशत ब्याजको सहुलियत कर्जाअन्तर्गत हालसम्म एक अर्ब १२ करोड रुपैयाँ पुुनर्कर्जा प्रवाह उपयोग भएको छ । राष्ट्र बैकले सोमबार चालुु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा सार्वजनिक गर्दे उक्त कुराको जानकारी दिएको हो । 

भूकम्पपीडितहरूलाई बढीमा दुुई प्रतिशतसम्मको ब्याजदरमा आवासीय घर निर्माण कर्जा प्रदान गर्न राष्ट्र बैकबाट बैंक तथा वित्तीय संस्थाहरुलाई शून्य ब्याजदरमा पुनर्कर्जा सुविधा उपलब्ध गराउने व्यवस्था अन्तर्गत २०७४ पुस मसान्तसम्ममा एक अर्ब १२ करोड पुनरकर्जा उपयोगमा रहेको छ, देखिएको हो ।

यसैगरी नेपाल सरकारबाट पाँच प्रतिशत ब्याज अनुदानमा बैंक तथा वित्तीय संस्थाहरुमार्फत् प्रवाह गरिने व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा २०७४ पुस मसान्तसम्ममा छ हजार दुुई सय तीन जनाले  छ अर्ब ९१ करोड कर्जा बक्यौता रहेको छ भने ३३ करोड ७३ लाख ब्याज अनुदान प्रदान गरिएको छ ।

राष्ट्र बैकका अनुसाार उत्पादनशील क्षेत्रतिर लगानी तथा निर्यात विस्तारमा समेत सहयोग पु¥याउने उद्देश्यले यस बैंकबाट सहुलियत दरमा प्रदान गरिने पुनरकर्जाको उपयोग समीक्षा अवधिमा बढेको छ । २०७४ पुस मसान्तमा यस बैंकले प्रदान गरेको पुनरकर्जा कुल १३ अर्ब २१ करोड उपयोग भएको छ । 

वाणिज्य बैंकहरुले कृषि क्षेत्रमा १० प्रतिशत, ऊर्जामा पाँच प्रतिशत, पर्यटन क्षेत्रमा पाँच प्रतिशत र बाँकीअन्य प्राथमिकता प्राप्त क्षेत्रमा गरी आफ्नो कुल कर्जाको न्यूनतम २५ प्रतिशत कर्जा २०७५
असारसम्ममा अनिवार्य रुपमा प्रवाह गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले कार्यान्वयनमा ल्याएको छ ।

यस व्यवस्था अनुसार २०७४ पुस मसान्तसम्ममा कृषिमा छ दसमलव  आठ प्रतिशत, ऊर्जामा तीन दशमलव दुुई प्रतिशत, पर्यटनमा तीन दसमलव चार प्रतिशत र अन्य क्षेत्रमा नौ दशमलव दुुई प्रतिशत गरी कुल कर्जाको २२ दसमलव दुुई प्रतिशत कर्जा प्राथमिकता प्राप्त क्षेत्रमा प्रवाह भएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै