• २०८१ बैशाख ६ बिहीबार

दुई अर्बको लागतमा माथिल्लो त्रिशुली ३ बी बन्ने 

kharibot

काठमाडौं । माथिल्लो त्रिशुली ३ बी जलविद्युत् आयोजना करिब १ अर्ब ९१ करोड ४३ लाख १९ हजार रुपैयाँको लागतमा बन्ने भएको छ । चिनिया कम्पनी सिचुवान एन्हे हाइडोलिक एण्ड हाइडो इलेक्टिक कम्पनीले बनाउने गरी सोमबार ठेक्का सम्झौता भएको हो ।

नुवाकोटमा रहेको ३७ मेगावाटको यस जलविद्युत् आयोजना निर्माण गर्ने सम्झौतामा त्रिशूली जलविद्युत् कम्पनीका प्रबन्ध सञ्चालक मोहनप्रसाद गौतम र चिनियाँ कम्पनीका प्रतिनिधिले हस्ताक्षर गरेका हुन् । यो   आयोजना भने ६० मेगावाटको माथिल्लो त्रिशूली–३ ‘ए’ को क्यासकेडको रूपमा निर्माण हुने भएको छ । आयोजना निर्माणका लागि गत भदौ ६ गते नेपाल विद्युत् प्राधिकरणसँग आयोजनाको विद्युत् खरिद सम्झौता (पिपिए) भएको थियो ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै