• २०८१ बैशाख ८ शनिबार

भ्यालेन्टाइन डेमा सुजनले भने — कसम मन पर्‍यो (भिडियोसहित) 

kharibot

काठमाडौं । बिहीबार परेको भ्यालेन्टाइन डेलाई लक्षित गर्दै गायक सुजन तिगेला लिम्बुले आफ्नो गीत ’कसम मन पर्यो’ को भिडियो सार्वजनिक गरेका छन् ।

मायालु जोडीको लागि खास मानिने दिनलाई लक्षित गर्दै प्रेमिल भाव व्यक्त गर्ने गीत सार्वजनिक गरिएको हो । 

गीतमा शब्द , संगीत र स्वर सुजनकै रहेको छ भने यसको भिडियोमा पनि उनि देखिएका छन् । गीतमा सुजनसंगै एलिशा राई पनि देखिएकी छिन ।

गीतमा लिम्बु कल्चर झल्काउने किसिमको भेषभुषा पनि प्रयोग गरिएको छ भने संगीतमा पनि त्यस किसिमका प्रयोग भएको गायक लिम्बु बताउछन् ।

यो गीत एल्बम’कालजयी (२’ मा संग्रहित छ ।

यस गीतको भिडियोमा राजिव समरको कोरियोग्राफी रहेको छ भने यसलाई अर्जुन तिवारी एण्ड टिमले छायाँकन गरेका हुन् ।

सुप्रिम पराजुली सम्पादक रहेको भिडियोलाई शान थापाले निर्देशन गरेका छन् । 

भिडियो हेर्नुहोस् : 


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै