प्रदेश ५ को सभामुखमा घर्तीको उम्मेदवारी

खरीबोट
ad

बुटवल / प्रदेश नं ५ का सभामुखका लागि नेकपा(माओवादी केन्द्र)का पूर्णबहादुर घर्तीले आज उम्मेदवारी दर्ता गरेका छन् । 

प्रदेशसभा संसद् सचिवालयमा आज बिहान १०ः३० बजे नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र) अर्थात् वाम गठबन्धनका संयुक्त उम्मेदवार घर्तीले माओवादी केन्द्र प्रदेश नं ५ का प्रमुख सचेतक दधिराम न्यौपानेको प्रस्ताव र एमाले प्रमुख सचेतक भूमीश्वर ढकालको समर्थनमा उम्मेदवारी गरेका हुन्  ।

रुकुम पूर्वबाट निर्वाचित घर्तीलाई प्रदेश नं ५ को सभामुखको उम्मेदवार बनाउने निर्णय माओवादी केन्द्र संसदीय दलको बैठकले दुई दिन अगाडि मात्र गरेको थियो । 

संसद्मा वाम गठबन्धनको बहुमत छ । अठहत्तर सांसदमध्ये गठबन्धनसँग ६१ सांसद छन् । संसद्को तेस्रो शक्ति काँग्रेस र अरु दलले सभामुखमा उम्मेदवारी दिने तयारी गरेका छैनन् । वाम गठबन्धनबाट उम्मेदवारी दिएका घर्ती सभामुखमा एकल उम्मेदवार हुने र सर्वसम्मत निर्वाचित हुने अवस्था देखिएको छ । 

काँग्रेस सांसद वीरबहादुर रानाले काँग्रेसले सभामुखमा उम्मेदवारी दिनेबारे कुनै निर्णय नगरेको बताए । काँग्रेसले अहिलेसम्म संसदीय दलको नेतासमेत चयन गर्न सकेको छैन । उहाँले वाम गठबन्धनको स्पष्ट बहुमत रहेको र आफूहरुले सरकार बनाउने सम्भावना नरहेकाले दलको नेता र सभामुखको उम्मेदवारीमा कुनै निर्णय नभएको बताए । 

उम्मेदवारी दर्तापछि पत्रकारसँग कुरा गर्दै नेता घर्तीले प्रदेशसभालाई व्यवस्थित, मर्यादित र विवादरहित ढंगले सञ्चालन गरिने प्रतिक्रिया दिए । उनले प्रदेश नं ५ लाई समृद्ध बनाउन सबै दललाई एकैसाथ लिएर अघि बढ्ने बताए । 

सम्बन्धित समाचार

मुख्यमन्त्री पोखरेलको दशैं शुभकामना : सङ्घीयता कार्यान्वयनमा जोड

बुटवल। प्रदेश नं. ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले व्यक्ति, परिवार र समाजलाई जोड्ने मौलिक पर्वका रुपमा दशैँ स्थापित रहेको बताउएका छन् ।  मुख्यमन्त्री पोखरेलले नेपालीहरुको महान् पर्व विजयादशमीको अवसरमा आज शुभकामना

नेकपा प्रदेश ५ को पार्टी एकता अभियान सार्वजनिक

बुटवल। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं ५ ले प्रदेश तथा जिल्ला मातहतसम्म पार्टी एकता अभियान सार्वजनिक गरेको छ ।  नेकपा प्रदेश ५ को पहिलो बैठकले २० दिनभित्र कार्यसम्पादन गर्ने गरी

स्थानीय तहले स्वतः कर उठाउन नपाइने : मुख्यमन्त्री पोखरेल 

बुटवल। मुख्यमन्त्री शङ्कर पोखरेलले स्थानीय तहले स्वतः कर उठाउन नपाइने बताएका छन् । आज रुपन्देहीको योगीकुटीमा गाउँपालिका राष्ट्रिय महासङ्घ प्रदेश नं ५ को प्रथम अधिवेशनमा उनले कर लगाउन आवश्यक भए

आर्थिक गतिविधिमा प्रदेश नम्बर ५ चौथो स्थानमा 

बुटवल। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार प्रदेश नं ५ चौथो स्थानमा रहेको छ । प्रतिवेदनअनुसार यस प्रदेशको कूल गार्हस्थ उत्पादन १७.५ प्रतिशत छ ।  प्रतिवेदनमा देशको समग्र मानव विकास प्रतिवेदन


z