ओभरड्राफ्ट र घरजग्गामा बैैंकिङ क्षेत्रको कर्जा उच्च

खरीबोट
ad

काठमाडौं । बैंक तथा फाइनान्स कम्पनीहरुमा घरजग्गा र ओभरड्राफ्ट क्षेत्रमा कर्जा उच्च देखिएको छ । राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पुुस मसान्तसम्म वाणिज्य बैंकहरुले घरजग्गामा मात्र कुुल कर्जाको १४ दशमलव छ प्रतिशत अर्थात तीन सय २१ अर्ब छ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । 

बैंक तथा फाइनान्स कम्पनीहरुको बजारमा रहिरहेको कुुल कर्जा अहिले झण्डै १९ खर्ब रुपैयाँको हाराहारीमा रहेको छ । सोमध्ये ओभर डा«फ्ट क्षेत्रमा पनि बैंक तथा फाइनान्स कम्पनीहरुले कुुल कर्जाको १७ दशमलव आठ प्रतिशत अर्थात् दुुई सय ५९ अर्ब तीन करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

ओभर ड्राफ्ट क्षेत्रमा बैंकहरुले कर्जा बढाएकै कारण राष्ट्र बैंकले माघ २९ गते सोमबार चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै ओभर ड्राफ्ट कर्जालाई १५ प्रतिशतमा सिमित राख्नुु पर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको छ । 

यसैगरी हायर पर्चेज क्षेत्रमा पनि बैंक तथा फाइनान्स कम्पनीहरुले कुुल कर्जा रकमको सात दशमलव दुुई प्रतिशत अर्थात एक सय ५९ अर्ब आठ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

मार्जिन अर्थात् सेयर धितो शीर्षकमा भने बैंक तथा फाइनान्स कम्पनीहरुले चालू आवको पुुस मसान्तसम्म दुुई प्रतिशत अर्थात् ४३ अर्ब दुुई करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

राष्ट्र बैंकका अनुसार विकेन्द्रित विकासलाई प्रोत्साहन गर्ने उद्देश्यले काठमाडौं उपत्यकाभित्र रियल स्टेट कर्जा र त्यसको सुरक्षणबीचको अनुपात (एलटीभी रेसियो हालको ५० प्रतिशतबाट ४० प्रतिशत कायम गरी अन्य स्थानका हकमा साविकको ५० प्रतिशतसम्मको अनुपातलाई निरन्तरता दिईएको राष्ट्र बैंकले जनाएको छ ।

निजी प्रयोजनका सवारी साधनमा ऋण प्रवाह गर्दा सो सवारीको मूल्याङ्कनको अधिकतम् ६५ प्रतिशतसम्म कर्जा दिन पाउने व्यवस्था रहको छ ।

यस व्यवस्था अन्तर्गत बैंक तथा वित्तीय संस्थाहरुले प्रवाह गरेको हायर पर्चेज कर्जा वार्षिक विन्दुगत आधारमा १२ प्रतिशतले वृद्धि भई २०७४ पुस मसान्तसम्ममा एक सय ५९ अर्ब ७५ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ । 
 

सम्बन्धित समाचार

अतुलनीय विशेषताहरु सहित एनआईसी एशियाको दुई नयाँ चमत्कारी कर्जा योजना 

काठमाडौँ। “बैक पनि, साथीपनि, राम्रो पनि, हाम्रो पनि”भन्ने मुल नाराका साथ आम जनमानसमा केन्द्रित बैैकिङ्ग सेवाप्रदानगर्दै आइरहेको नेपालकै सबैभन्दा ठुलो बैंक एनआईसी एशिया बैंकलेचमत्कारिक विशेषताहरु भएकादुई नयाँकर्जा योजनाहरु “चमत्कारिक सवारी

सवारी साधनमा सहुलियत कर्जा पाइँदैन : अर्थमन्त्री खतिवडा 

काठमाडौँ।  अर्थमन्त्री डा युवराज खतिवडाले सरकारले सवारी साधन खरिदका लागि भनेर सहुलियत कर्जा प्रवाह गर्न नसक्ने बताएका छन् ।  नेपाल अटो मोबाइल्स डिलर्स सङ्घको आयोजनामा भृकुटीमण्डपमा आजदेखि शुरु भएको ‘नाडा अटो

सुनचाँदी धितो कर्जामा राष्ट्र बैंकको कडाई

काठमाडौं। नेपाल राष्ट्र बैंकले सुनचाँदी धितो कर्जालाई कडाई गरेको छ । राष्ट्र बैंकले एकीकृत निर्देशिका २०७५ जारी गर्दे दश लाख रुपैयाँ भन्दा बढीको सुन चाँदी धितो कर्जालाई भाखा नाघेको कर्जा

नबिल बैंकले विदेश पढ्न जानेलाई सहजै शैक्षिक कर्जा दिने 

काठमाडौं । नबिल बैंकले उच्च शिक्षाको लागि विदेश जान चाहने विद्यार्थीहरुका लागि प्रदान गरिने शैक्षिक कर्जाको प्रकृयालाई अझै सहज बनाएको छ । अब विद्यार्थीहरुले सम्बन्धित कलेज÷विश्वविद्यालयबाट भर्नाको लागि अफर–लेटर प्राप्त