• २०८१ बैशाख ७ शुक्रबार

ओभरड्राफ्ट र घरजग्गामा बैैंकिङ क्षेत्रको कर्जा उच्च

kharibot

काठमाडौं । बैंक तथा फाइनान्स कम्पनीहरुमा घरजग्गा र ओभरड्राफ्ट क्षेत्रमा कर्जा उच्च देखिएको छ । राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पुुस मसान्तसम्म वाणिज्य बैंकहरुले घरजग्गामा मात्र कुुल कर्जाको १४ दशमलव छ प्रतिशत अर्थात तीन सय २१ अर्ब छ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । 

बैंक तथा फाइनान्स कम्पनीहरुको बजारमा रहिरहेको कुुल कर्जा अहिले झण्डै १९ खर्ब रुपैयाँको हाराहारीमा रहेको छ । सोमध्ये ओभर डा«फ्ट क्षेत्रमा पनि बैंक तथा फाइनान्स कम्पनीहरुले कुुल कर्जाको १७ दशमलव आठ प्रतिशत अर्थात् दुुई सय ५९ अर्ब तीन करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

ओभर ड्राफ्ट क्षेत्रमा बैंकहरुले कर्जा बढाएकै कारण राष्ट्र बैंकले माघ २९ गते सोमबार चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै ओभर ड्राफ्ट कर्जालाई १५ प्रतिशतमा सिमित राख्नुु पर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको छ । 

यसैगरी हायर पर्चेज क्षेत्रमा पनि बैंक तथा फाइनान्स कम्पनीहरुले कुुल कर्जा रकमको सात दशमलव दुुई प्रतिशत अर्थात एक सय ५९ अर्ब आठ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

मार्जिन अर्थात् सेयर धितो शीर्षकमा भने बैंक तथा फाइनान्स कम्पनीहरुले चालू आवको पुुस मसान्तसम्म दुुई प्रतिशत अर्थात् ४३ अर्ब दुुई करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

राष्ट्र बैंकका अनुसार विकेन्द्रित विकासलाई प्रोत्साहन गर्ने उद्देश्यले काठमाडौं उपत्यकाभित्र रियल स्टेट कर्जा र त्यसको सुरक्षणबीचको अनुपात (एलटीभी रेसियो हालको ५० प्रतिशतबाट ४० प्रतिशत कायम गरी अन्य स्थानका हकमा साविकको ५० प्रतिशतसम्मको अनुपातलाई निरन्तरता दिईएको राष्ट्र बैंकले जनाएको छ ।

निजी प्रयोजनका सवारी साधनमा ऋण प्रवाह गर्दा सो सवारीको मूल्याङ्कनको अधिकतम् ६५ प्रतिशतसम्म कर्जा दिन पाउने व्यवस्था रहको छ ।

यस व्यवस्था अन्तर्गत बैंक तथा वित्तीय संस्थाहरुले प्रवाह गरेको हायर पर्चेज कर्जा वार्षिक विन्दुगत आधारमा १२ प्रतिशतले वृद्धि भई २०७४ पुस मसान्तसम्ममा एक सय ५९ अर्ब ७५ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै