शक्तिशाली कम्युनिष्ट केन्द्र निर्माण गर्ने लक्ष्यका साथ एमालेसँग एकता : प्रचण्ड

खरीबोट
ad

काठमाडौँ / नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शक्तिशाली कम्युनिष्ट केन्द्र निर्माण गर्ने लक्ष्यका साथ नेकपा (एमाले)सँग आफ्नो पार्टीले एकता प्रक्रिया अगाडि बढाएको बताएका छन् । 

तत्कालीन माओवादीले ‘जनयुद्ध’ शुरु गरेको दिनको स्मरणमा आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित २३औँ जनयुद्ध दिवस’ समारोहलाई सम्बोधन गर्दै उहाँले बृहद् लक्ष्य पूरा गर्नाका लागि एकता प्रक्रिया अगाडि बढाइएको बताए । 

अध्यक्ष दाहालले भने, “सामान्य शक्तिको भरमा समाजवादी क्रान्ति सम्पन्न हुन नसक्ने भएकाले ठूलो शक्ति जरुरी परेको छ । त्यसैका लागि हामी (एमाले र माओवादी केन्द्र) शक्तिशाली पार्टी निर्माणमा लागेका छौँ ।” संविधानमा समाजवाद लेखेर र समाजवादको नारा लगाएरमात्रै समाजवादी क्रान्ति सम्पन्न हुन नसक्ने टिप्पणी गर्दै उहाँले सबै प्रगतिशील, देशभक्त र वामपन्थी शक्तिबीचमा एकता र सहकार्य जरुरी रहेको बताए । 

देश र जनतालाई केन्द्रमा राखेर राजनीतिक नेतृत्वले समय समयमा जोखिम लिनै पर्छ भन्दै अध्यक्ष दाहालले समाजवादी क्रान्तिका लागिसमेत आफू र आफ्नो पार्टीले पुनः जोखिम उठाएको स्पष्ट पारे ।  लहड र सनकको भरमा क्रान्ति हुन नसक्ने उल्लेख गर्दै उहाँले जनताको चाहना र राष्ट्रिय आवश्यकताको ख्याल गर्नसमेत आग्रह गरे । 

आज भोलि नै एमालेसँगको पार्टी एकताको टुंगो लाग्ने स्पष्ट पार्दै आर्थिक समृद्धि र जनताको आर्थिकस्तर उकास्न पनि मिलेर जाने जनमत आफूहरुलाई प्राप्त भएको छ भन्दै अध्यक्ष दाहालले नेपालको राजनीतिक तथा सामाजिक परिवर्तनमा जनयुद्धको महत्वपूर्ण भूमिका रहेको कुरा एमाले अध्यक्ष केपी शर्मा ओली र एमाले नेतृत्वले पनि स्वीकार गरेको दाबी गरे । 

समाजवादी अभियानलाई सार्थक निष्कर्षमा पु¥याउन अझै ठूलो दायरा चाहिएको स्पष्ट पार्दै उनले आफू र आफ्नो पार्टीले शहीद, बेपत्ता र घाइते योद्धाको सपनाविरुद्ध जाने प्रयाससमेत नगर्ने बताए । 

शक्तिशाली कम्युनिष्ट केन्द्र बनाएर झण्डै तीन करोड नेपालीलाई एकताबद्ध बनाएर लैजाने सोचमा आफूहरु रहेको चर्चा गर्दै अध्यक्ष दाहालले वामपन्थी शक्ति एकताबद्ध नहुन् भनेर चलखेल गर्ने शक्ति परास्त भएर जाने र जनताको सामु उनीहरुको केही नचल्ने बताए । कार्यक्रममा माओवादी केन्द्रको सहायक संगठन वाइसिएलले विभिन्न झाँकी प्रस्तुत गरेको थियो । 

जनयुद्ध दिवसका अवसरमा माओवादी केन्द्रका नेता तथा कार्यकर्ताले टीका आदानप्रदान गर्दै शुभकामना आदानप्रदानसमेत गरेका थिए । 

सम्बन्धित समाचार

नेकपा अध्यक्ष प्रचण्ड चीन प्रस्थान

काठमाडौँ चिनियाँ कम्युनिस्ट पार्टीको विशेष निमन्त्रणामा नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’आज चीनतर्फ प्रस्थान गरेका छन् । चीन प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित विशेष पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले नेकपा र

चौध देशका कम्युनिष्ट नेपालमा, प्रचण्डले भने कम्युनिस्ट सरकारबाट रुपान्तरण सम्भव छ

भक्तपुर। भक्तपुरको खरिपाटीस्थित नेपालको पहिलो कम्युनिष्ट विद्यालयका रुपमा स्थापना भएको मदन भण्डारी एशियाली विद्यालयमा विश्व कम्युनिष्टको इतिहासदेखि वर्तमान अवस्थासम्मका बारेमा विभिन्न देशका नागरिकले प्रशिक्षण लिएका छन् ।  विद्यालयमा पुष्पलाल व्याच नाम

नेपालको शान्ति प्रक्रिया विश्वकै लागि नयाँ नमूना : अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको शान्ति प्रक्रिया विश्वकै लागि नयाँ नमूना भएको बताए । नेपालको शान्ति प्रक्रिया मोडलबारे अध्ययन गर्न काठमाडौँ आएको अफगानिस्तानको उच्च शान्ति

आराम गर्न ककनी पुगे प्रचण्ड 

नुवाकोट। नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज आरामका लागि पर्यटकीयस्थल ककनी पुगेका छन् ।  नेकपाका जिल्ला सदस्य तथा प्रदेशसभा सदस्य हीरानाथ खतिवडाले पूर्वप्रधानमन्त्री दाहाल परिवारसहित आरामका लागि एक होटेलमा