गोर्खा बियरको अनलाइन क्याम्पेनको भारतमा प्रशंसा 

खरीबोट
ad

काठमाडौँ । भारतको प्रमुख अनलाइन मार्केटिङ वेभसाइट म्याड ओभर मार्केटिङ (एमओएम) ले नेपालको गोर्खा बियरको मिनिमल अनलाइन क्याम्पियनलाई नोटिस गरी गोर्खाको भाइरल क्याम्पियनलाई उनीहरुको सो अनलाइन प्ल्याटफर्म (फेसबुक, इन्ष्टाग्राम पेज र वेभसाइट ) मा स्थान दिएको छ ।

गोर्खाको नयाँ क्याम्पियनको सिरिज्मा गोर्खा बियरले सैनिकको त्यस्तो व्यक्तित्व र चरित्र झल्किने चिजहरुलाई दर्शाएको छ जसले उनीहरुलाई वास्तविक गोर्खा सैनिक बनाएको छ र यो क्याम्पियनले नेपालीहरुमा हुने तिनै वीर गोर्खाली सैनिकहरुको भावलाई देखाउन खोजेको छ । आफ्नो सोसल मिडियाको प्ल्याटफर्ममा निरन्तररुपमा अर्थपूर्ण मार्केटिङ कन्टेन्ट र आइडियाहरु पस्किने कारणले गर्दा म्याड ओभर मार्केटिङ (एमओएम) लाई विश्वभरि नै मानिसहरुलाई फलो गर्छन् र रुचाउँछन् । उत्कृष्ट कार्यहरुलाई सम्मान गर्नुको लागि एमओएम परिचित छ । एमओएमलाई अनलाइन मार्केटिङ क्रीटिक साइटहरुको ओस्कर नै भन्दा पनि फरक पर्दैन ।

गोर्खा बियरको यो अनलाइन क्याम्पियनलाई नेपालको लक्षित युवा जमातले निकै नै रुचाएको छ र यसले प्रमुख अनलाइन मार्केटिङ साइट एम.ओ.एमको पनि उत्कृष्ट मूल्याङ्कन पाएको छ । गोर्खा बियरको अनलाइन क्याम्पियनको प्रशंसा गर्दै म्याड ओभर मार्केटिङ (एमओएम)ले भनेका छन्, “यो क्याम्पियन साँच्चै नै अद्वितीय छ । लोयालीटी कट्सीनेस र रेपेक्ट जस्ता शब्दहरुलाई गोर्खालीको विशेषताहरुसँग आवद्ध गरेर देखाइएको छ । गोर्खाको भावलाई हामी सलाम गर्छौं ।”

म्याड ओभर मार्केटिङ (एमओएम) ले अझ भनेका छन्, “गोर्खा बियरले यो भावलाई समावेश गरेर धारभन्दा निकै नै फरक क्याम्पियनको सृजना गरेको छ । एउटा टिपिकल एल्कोहल ब्राण्डसँग आवद्ध हुने उत्तेजित र लापरवाहीको भावबाट टाढा रहेर गोर्खा बियरले एउटा अद्वितीय क्याम्पियन बनाएको जसमा ब्राण्डको भ्यालुलाई राम्ररी उजागर गरिएको छ ।”

डिसरेस्पेक्ट, डिसलोयालीटी र डिसकट्सीनेस जस्ता शब्दहरु भनेको गोर्खा सैनिकहरुलाई परिभाषित गर्ने भन्दा विपरित शब्दहरु हुन् र तिनै शब्दहरुलाई निकै साधारण एनिमेशनद्वारा ब्राण्ड (बोटलको छाँया) ले उपसर्ग हटाएर हामीलाई एउटा असली गोर्खा सैनिकमा रेपेक्ट, लोयल र कट्सीनेस् हुन्छ भन्ने कुरा याद गराउँछ ।

सम्बन्धित समाचार

गोर्खा बियरको ‘हामी गोर्खाली क्याम्पियनलाई’ एमओएम सराहना

काठमाडौँ । भारतको प्रमुख अनलाइन मार्केटिङ वेभसाइट म्याड ओभर मार्केटिङ (एमओएम) ले नेपालको गोर्खा बियरको अर्को मिनिमल प्रिन्ट क्याम्पियनलाई नोटिस गरी “हामी गोर्खाली” क्याम्पियनलाई उनीहरुको अनलाइन प्ल्याटफर्म (फेसबुक, इन्ष्टाग्राम पेज

गोर्खा बियरको अनलाइन क्याम्पेनको भारतमा प्रशंसा 

काठमाडौँ । भारतको प्रमुख अनलाइन मार्केटिङ वेभसाइट म्याड ओभर मार्केटिङ (एमओएम) ले नेपालको गोर्खा बियरको मिनिमल अनलाइन क्याम्पियनलाई नोटिस गरी गोर्खाको भाइरल क्याम्पियनलाई उनीहरुको सो अनलाइन प्ल्याटफर्म (फेसबुक, इन्ष्टाग्राम पेज


z