अन्तर्राष्ट्रिय विमानस्थल नजिक आगलागी : केही बेर उडान प्रभावित

खरीबोट

फाइल तस्बिर

ad

काठमाडौँ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पश्चिमपट्टिको फोहर डम्पिङ क्षेत्रमा आगलागी हुँदा केही बेर उडान प्रभावित भएको छ । 

आन्तरिकतर्फको कार पार्किंग नजिक गल्फ कोर्षसँगै रहेको फोहरको डंगुरमा अपराह्न ४ः३० बजे आगलागी भएको थियो । आगलागीका कारण नौ मिनेट विमानस्थलबाट हुने सबै उडान अवतरण रोकिएको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए । 

“विमानस्थलको पश्चिम क्षेत्रको गल्फ कोर्ष नजिकैको फोहरमा धुवाँको मुस्लो देखियो । लगत्तै विमानस्थलकै दमकलको सहायताले आगो नियन्त्रणमा लिइयो अहिले सबै उडान सामान्य रुपमा सञ्चालन भइरहेको छ,” उनले भने । 

प्रवक्ता ठाकुरका अनुसार आगलागीको यकिन कारण पत्ता नलागे पनि पशुपति क्षेत्र नजिकै भएको र आज शिवरात्रिको पर्व परेकाले लागुऔषध दुव्र्यसनीकर्ताका कारण आगलागी हुनसक्ने अनुमान गरिएको छ । 

सम्बन्धित समाचार

छ महीनाभित्रै भैरहवा विमानस्थल सञ्चालनयोग्य हुने

काठमाडौँ । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग (रनवे)बाट अबको ६ महीनाभित्र विमान उड्ने भएको छ । सन् २०१९ को १६ जुलाईअघिनै सञ्चालनमा ल्याउने गरी तीव्र गतिमा निर्माण भइरहेको उक्त विमानस्थलको

रनवे मर्मतपछि विमानस्थल सामान्य अवस्थामा

काठमाडौँ। धावनमार्ग (रनवे) मा सामान्य धाँजा परेपछि अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवा अहिले सामान्य अवस्थामा रहेको छ ।  रनवेको मर्मतको करीब १२ मिनेट समय विमान ‘होल्ड’ मा परेपनि तत्कालै मर्मतपछि उडान

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणले अब गति लिने 

बारा । महत्वाकांक्षी राष्ट्रिय परियोजनाको रुपमा रहेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कामले गति लिने भएको छ । मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलले यात्रु तथा विमानको चाप थेग्न नसकेको भन्दै दोस्रो

विमानस्थल क्षेत्रमा पर्ने रूख कटानसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने सहमति

काठमाडौँ। वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीबीच निजगढ अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा पर्ने रूख कटानसम्बन्धी प्रस्ताव तत्काल मन्त्रिपरिषद्मा लैजाने सहमति भएको छ ।  वन मन्त्रालयमा


z