काठमाडौँ । श्रीलंका भारतविरुद्धको पहिलो टेस्टमा फलोअनमा परेको छ । आफ्नो पहिलो इनिंगना श्रीलंका १७४ रन बनाएर अल आउट भएपछि भारतले श्रीलंकालाई फलोअँ दिएको हो ।
खेलको तेस्रो दिन श्रीलंकाको ब्याटिंग धारासायी बनाउने क्रममा भारतीय बलर रविन्द्र जडेजाले सर्बाधिक ५ विकेट लिएका थिए ।त्यस्तै जसप्रित बुमराह र रविचन्द्रन आश्विनले २-२ विकेट लिए भने मोहमद सामीले एक विकेट लिएका थिए ।
श्रीलंकाका लागि पथम निसान्काले सर्बाधिक ६१ रन बनाए भने चरिथ असलंकाले २९ र दिमुथ करुनारत्नेले २८ रन बनाएका थिए ।
यस अघि टस जितेर पहिला ब्याटिंग गरेको भारतले रविन्द्र जडेजाको १७५ रनको पारीले ८ विकेट गुमाउदै ५७४ रन बनाएर आफ्नो इनिंग घोषणा गरेको थियो । भारतका लागि रिषव पन्तले ९६ रन बनाएका थिए भने आर आश्विनले ६१ रन बनाएका थिए ।