प्रदेश ४ का मुख्यमन्त्रीको बुधबारको शपथ सर्‍यो, शुक्रबार हुने 

खरीबोट
ad

पोखरा ।  प्रदेश नं ४ का नवनियुक्त मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको पद तथा गोपनीयताको शपथ ग्रहण यही फागुन ४ गते शुक्रबार हुने भएको छ । 

यसअघि भोलि फागुन २ गते बुधबारका लागि शपथग्रहणको मिति तय गरिएकामा प्राविधिक कारणवश उक्त मिति हेरफेर भएको प्रदेश प्रमुखको कार्यालयका सचिव देवीप्रसाद ज्ञवालीले जानकारी दिए। 

उनका अनुसार फागुन ४ गते बिहान ९ः३० बजे पोखरास्थित प्रदेश प्रमुखको सरकारी निवासमा मुख्य मन्त्रीको शपथ ग्रहण हुनेछ ।

प्रदेश नं ४ का नेकपा ९एमाले०का संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङलाई सोमबार प्रदेश प्रमुख बाबुराम कुँवरले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । 

सम्बन्धित समाचार

मतदानबाट टुंगाइयो प्रदेश ४ को राजधानी, पोखराको पक्षमा ५२ मत

पोखरा । प्रदेश नं ४ को आज बसेको प्रदेशसभा बैठकले प्रदेश नं ४ को राजधानी पोखरा राख्ने निर्णय गरेको छ ।  प्रदेशसभा सदस्य कृष्णबहादुर थापाले भौगोलिक अवस्थिति, जनचाहना, पहुँच, सुलभताका साथै प्रदेश

नेकपा प्रदेश ४ को संसदीय दलको नेतामा पृथ्वीसुब्बा गुरुङ सर्वसम्मत

पोखरा । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकीकरणपछि बनेको नेपाल कम्युनिस्ट पार्टीको प्रदेश नं ४ को संसदीय दलको नेतामा पृथ्वीसुब्बा गुरुङ निर्विरोध निर्वाचित भएका छन् ।  पार्टी एकीकरणपछि

अब पनि विकास नभए कहिल्यै हुँदैन: मुख्यमन्त्री गुरुङ

 लमजुङ, /  प्रदेश–४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले हिजोका दिनमा राजनीतिक अस्थिरताले देशको विकास हुन सकेको थिएन तर अब राजनीतिक अस्थिरता सकिएकाले विकासको ढोका खुलेको बताए।  गृहजिल्लामा तमुह्युला छोँज धी लमजुङ शाखाद्वारा

जनताका भावनालाई समेटेर बजेट आउनुपर्छ : प्रदेश ४ का सांसद

पोखरा । प्रदेश नं ४ को आजको प्रदेश सभा बैठकमा सदस्यहरूले जनताका भावना समेटेर बजेट आउनुपर्ने धारणा राखेका छन् ।  आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले बिहीबार प्रस्तुत गर्नुभएको आव २०७४÷७५