• २०८१ बैशाख ७ शुक्रबार

११ वर्षीय युक्रेनी बालक एक्लै स्लोभाकिया पुगे !

kharibot

काठमाडौँ । दक्षिणपूर्वी युक्रेनको जापोरिझ्झियाका एक ११ बर्षिय बालक एक्लै स्लोभाकिया पुगेका छन् । रुसले लगातार आक्रमणपछि आफ्नो देश छोडिरहेका युक्रेनीहरु बीच एक ११ बर्षिय बालक एक्लै स्लोभाकिया पुगेको त्यहाँको गृहमन्त्रालयले जानकारी दिएको छ ।

यी बालकलाई अहिले 'रातको नायक' भनेर प्रशंसा गरिएको छ । उनले युक्रेनको सीमा पार गरेर स्लोभाकियामा एक्लै पुगेका थिए ।

स्लोभाकिय गृह मन्त्रालयका अनुसार ११ वर्षीय बालकले झोला, प्लास्टिकको झोला र राहदानी बोकेका थिए र हातमा टेलिफोन नम्बर लेखिएको थियो ।

मन्त्रालयले आफ्नो फेसबुक पेजमा पोष्ट गरिएको विज्ञप्तिमा केटाको हातमा र राहदानीमा फोल्ड गरिएको कागजमा लेखिएको जानकारीका कारण सीमामा रहेका कर्मचारीले बालकका आफन्तसँग सम्पर्क गर्न सफल भएको बताएको छ । 

विज्ञप्तिमा भनिएको छ- 'उनले आफ्नो मुस्कान, निडरता र वास्तविक नायकको योग्य दृढ संकल्पले सबैलाई जितेका छन् ।' ति बालकलाई परिवारले किन एक्लै पठाए भन्ने बारेमा भने खुल्न सकेको छैन । स्लोभाकियाको गृहमन्त्रालयले उनका आमाबुबा युक्रेनमै बस्नु परेपछि ११ बर्षिय छोरालाई एक्लै स्लोभाकिया पठाएको बताएको छ ।

मन्त्रालयले भनेको छ- 'हातमा एउटा प्लाष्टिकको झोला, राहदानी र हातमा फोन नम्बर लेखेर उनी पूरै एक्लै आएका थिए किनभने उनका आमाबुवा युक्रेनमा बस्नुपरेको थियो । स्वयंसेवकहरूले स्वेच्छाले उसको हेरचाह गरे, उसलाई खाना र पेय पदार्थहरू उपलब्ध गराए । उनले आफ्नो मुस्कान, निडरता र दृढ संकल्पले ती सबै प्राप्त गरे, एक सच्चा नायक ।'

ति बालकको हातमा रहेको नम्बर र कम्मरमा कागजको टुक्राका कारण स्वयंसेवकले उनका अभिभावकसँग सम्पर्क गर्न सजिलो भएको बताइएको छ ।

रुसले युक्रेनमा आक्रमण गरेको दशौँ दिनसम्म अहिलेसम्म १५ लाख भन्दा बढीले युक्रेन छोडिसकेको बताइएको छ । उनीहरु छिमेकी पोल्याण्ड, हंगेरी, स्लोभाकिया, मोल्डोभा र रोमानिया लगायतका देशहरूमा गएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै