• २०८१ बैशाख ७ शुक्रबार

श्रीलंकामाथि भारतको फराकिलो जित, सिरिजमा १-० ले अगाडी

kharibot

काठमाडौँ । भारतले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा फराकिलो जित हासिल गरेको छ । खेलको तेस्रो दिन नै भारतले श्रीलंकालाई इनिंग र २२२ रनले पराजित गरेको छ ।

फलोअनमा परेको श्रीलंकाले दोस्रो इनिंगमा १७८ रन मात्र बनाएर अलआउट भएपछि भारत विजयी भएको हो ।

यसअघि आफ्नो पहिलो इनिंगमा श्रीलंका १७४ रनमा अल आउट भएको थियो ।

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको भारतले रविन्द्र जडेजाको १७५ रनको पारीले ८ विकेट गुमाउदै ५७४ रन बनाएर आफ्नो इनिंग घोषणा गरेको थियो । भारतका लागि रिषव पन्तले ९६ रन बनाएका थिए भने आर आश्विनले ६१ रन बनाएका थिए ।

भारतका लागि रविन्द्र जडेजाले दुवै पारीमा गरि ९ विकेट लिएका थिए ।

यो जितसँगै भारतले २ खेलको सिरिजमा १-० को अग्रता हासिल गरेको छ । अब सिरिजको दोस्रो खेल मार्च १२ देखि बेंग्लुरुमा शुरु हुने छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै