विश्वकप छनोटमा पुग्न नेपालका लागि आजको खेल महत्वपुर्ण

खरीबोट

फाइल तस्विर । 

काठमाडौँ । विश्वकप छनोट खेल्न नेपाललाई आज क्यानडालाई हराउनै पर्ने दबाब परेको छ । 

आइसिसी विश्व क्रिकेट लिग डिभिजन टूअन्तर्गत मंगलबार भएको खेलमा नामिबियाले केन्यामाथि आठ विकेटको जित हात पारेसँगै रनरेटको आधारमा नेपाललाई पछि पार्दै नामिबिया अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । 

अन्तिम चरणको खेल बाँकी हुँदा क्यानडा, नामिबिया र नेपालको समान ६ अंक छ । तर रनरेटमा पछि रहेको नेपाल तेस्रो स्थानमा झरेको छ । 

बुधबार अन्तिम दिन हुने खेलले विश्वकप छनोटमा पुग्ने दुई टोलीको टुंगो लाग्नेछ । नेपालले बुधबार शीर्ष स्थानको क्यानडासँग खेल्दैछ भने नामिबियाले चौथो स्थानको युएइसँग खेल्नेछ । अब नेपालले शीर्ष दुईमा स्थान बनाउँदै वान डे वल्र्डकप क्वालिफायरमा स्थान बनाउन क्यानडालाई हराउनै पर्नेछ । हराउन असफल भएमा नेपालको यात्रा डिभिजन टू मै यथावत रहने सम्भावना बढी हुन्छ । 

डिभिजन टू को शीर्ष दुई स्थानमा रहने टोली वल्डकप क्वालिफायरमा छनोट हुनेछन् भने तेस्रो र चौथो स्थानमा रहने टोली डिभिजन टू मै यथावत रहनेछन् । अहिलेसम्म एक खेल पनि जित्न नसकेको केन्या डिभिजन टुबाट थ्री मा घटुवा भइसकेको छ ।

नेपालले समूह चरणको अन्तिम खेलमा आज शीर्ष स्थानमा रहेको क्यानडाको सामना गर्नेछ । पहिलो खेलमा नामिबियामाथि रोमाञ्चक जित निकालेको नेपालले दोस्रो खेलमा ओमानसँग हार व्यहोरेको थियो भने तेस्रो खेलमा सोमबार युएइलाई हराएको थियो । 

नेपालले क्यानडासँग खेल्दा घरेलु टोली नामिबियाले युएइको सामना गर्नेछ । यदि नेपालले जित्यो भने सोझै फाइनलसँगै विश्वकप छनोटमा स्थान पक्का गर्नेछ । गत असोजमा नेपाल डिभिजन वानबाट डिभिजन टु मा घटुवा भएको थियो ।

 

सम्बन्धित समाचार

क्रिकेट खेलाडी ललित भण्डारीलाई सम्मान

कञ्चनपुर। राष्ट्रिय क्रिकेट खेलाडी ललितबहादुर भण्डारीलाई कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले आज सम्मान गरेको छ । नगरपालिकाका नगरप्रमुख दिलबहादुर ऐरले रु एक लाख एक हजार १११ नगद रकम सम्मानपत्रसहित खेलाडी भण्डारीलाई सम्मान

टी-२० क्रिकेटको अलराउन्डर वरियतामा पारस खड्का ४१औ स्थानमा 

काठमाडौं। नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्का अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को टी-२० क्रिकेटको वरीयताको अलराउन्डरतर्फ ४१औं स्थान रहेका छन् ।आईसीसीको पछिल्लो वरीयतामा नेपाली राष्ट्रिय टिमका काप्तान पारस शीर्ष ५०

दक्षिण अफ्रिकी लिजेण्ड क्रिकेटर जोन्टी रोड्स काठमाडौँमा 

काठमाडौँ। दक्षिण अफ्रिकी लिजेण्ड क्रिकेटर जोन्टी रोड्स काठमाडौँ आएका छन्। क्रिकेटमा आफ्नो फिल्डिङले चिनिने रोड्स नेपालमा दुई साताका लागि काठमाडौँ आएका हुन्। काठमाडौँ रातो पुल स्थित इन्डोर क्रिकेट एकेडेमी नेपाल क्रिकेट स्कुलको

अष्ट्रेलियालाई पराजित गर्दै एकदिवसीय सिरिज दक्षिण अफ्रीकाको कब्जामा

काठमाडौँ। दक्षिण अफ्रीकाले अष्ट्रेलियालाई तेस्रो एकदिवसीय क्रिकेटमा ४० रनले पराजित गरेको छ। आइतबार भएको तेस्रो एकदिवसीय खेलमा जित हासिल गर्दै दक्षिण अफ्रीकाले ३ खेलको सिरिजमा २-१ को कब्जा जमाएको छ।  दक्षिण


z