विश्वकप छनोटमा पुग्न नेपालका लागि आजको खेल महत्वपुर्ण

खरीबोट

फाइल तस्विर । 

काठमाडौँ । विश्वकप छनोट खेल्न नेपाललाई आज क्यानडालाई हराउनै पर्ने दबाब परेको छ । 

आइसिसी विश्व क्रिकेट लिग डिभिजन टूअन्तर्गत मंगलबार भएको खेलमा नामिबियाले केन्यामाथि आठ विकेटको जित हात पारेसँगै रनरेटको आधारमा नेपाललाई पछि पार्दै नामिबिया अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । 

अन्तिम चरणको खेल बाँकी हुँदा क्यानडा, नामिबिया र नेपालको समान ६ अंक छ । तर रनरेटमा पछि रहेको नेपाल तेस्रो स्थानमा झरेको छ । 

बुधबार अन्तिम दिन हुने खेलले विश्वकप छनोटमा पुग्ने दुई टोलीको टुंगो लाग्नेछ । नेपालले बुधबार शीर्ष स्थानको क्यानडासँग खेल्दैछ भने नामिबियाले चौथो स्थानको युएइसँग खेल्नेछ । अब नेपालले शीर्ष दुईमा स्थान बनाउँदै वान डे वल्र्डकप क्वालिफायरमा स्थान बनाउन क्यानडालाई हराउनै पर्नेछ । हराउन असफल भएमा नेपालको यात्रा डिभिजन टू मै यथावत रहने सम्भावना बढी हुन्छ । 

डिभिजन टू को शीर्ष दुई स्थानमा रहने टोली वल्डकप क्वालिफायरमा छनोट हुनेछन् भने तेस्रो र चौथो स्थानमा रहने टोली डिभिजन टू मै यथावत रहनेछन् । अहिलेसम्म एक खेल पनि जित्न नसकेको केन्या डिभिजन टुबाट थ्री मा घटुवा भइसकेको छ ।

नेपालले समूह चरणको अन्तिम खेलमा आज शीर्ष स्थानमा रहेको क्यानडाको सामना गर्नेछ । पहिलो खेलमा नामिबियामाथि रोमाञ्चक जित निकालेको नेपालले दोस्रो खेलमा ओमानसँग हार व्यहोरेको थियो भने तेस्रो खेलमा सोमबार युएइलाई हराएको थियो । 

नेपालले क्यानडासँग खेल्दा घरेलु टोली नामिबियाले युएइको सामना गर्नेछ । यदि नेपालले जित्यो भने सोझै फाइनलसँगै विश्वकप छनोटमा स्थान पक्का गर्नेछ । गत असोजमा नेपाल डिभिजन वानबाट डिभिजन टु मा घटुवा भएको थियो ।

 

सम्बन्धित समाचार

महिला क्रिकेट विश्वकप क्वालिफायर : नेपालको लक्ष्य ग्लोबल क्वालिफायर

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला एशिया क्वालिफायर छनोट खेल मङ्गलबारदेखि थाइल्याण्डमा शुरु हुँदैछ ।  प्रतियोगिता एशियाली राष्ट्रका लागि सन् २०२० मा हुने टी–२० विश्वकप र २०२१ मा हुने ५०

क्रिस गेलद्वारा विश्वकप पछि एकदिवसीय क्रिकेटबाट सन्यास लिने घोषणा

काठमाडौँ । वेस्टइन्डिजका चर्चित क्रिकेटर क्रिस गेलले आगामी विश्वकपपछि एकदिवसीय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । विस्फोटक ब्याट्सम्यानको रुपमा आफ्नो पहिचान बनाएका गेलले इंग्ल्याण्ड र वेल्समा हुने विश्वकप क्रिकेटपछि आफूले

टेस्ट क्रिकेटमा श्रीलंकाको अविश्वसनीय जित, परेराले बनाए १५३ रन  

काठमाडौँ । श्रीलंकाले दक्षिण अफ्रीकाविरुद्धको पहिलो टेस्ट खेलमा शानदार जित हासिल गरेको छ ।  दक्षिण अफ्रीकाले दिएको ३०४ रनको लक्ष्य पछाएको श्रीलंकाले ९ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । श्रीलंकाका

एशिया क्वालिफायर खेल्ने १४ सदस्यीय महिला क्रिकेट टिमको घोषणा 

काठमाडौँ । आइसीसी टी-२० महिला क्रिकेट विश्वकपको एशियाको छनौटका लागि नेपाली राष्ट्रिय महिला क्रिकेट टिमको घोषणा गरिएको छ । आगामी फेब्रुअरी १८ देखि २७ सम्म थाइल्यान्डमा हुने छनौट खेलका लागि


z