महोत्तरीमा ट्र्याक्टरको ठक्करले छोराको मृत्यु, आमा गम्भीर घाइते

खरीबोट
ad

गौशाला । महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिकामा गएराति ट्र्याक्टरले बाटो काट्दै गरेका आमाछोरालाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने आमा गम्भीर घाइते भएकी छिन् । 

जिल्ला प्रहरी कार्यालय, महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कडायतका अनुसार गएराति करिब ७ः०० बजे लोहारपट्टी नगरपालिका–१ बगरा बस्ने उर्मिला यादव र उनका छोरा दुई वर्षीय आयुष यादव आफ्नै घर अगाडि बाटो काट्दै गरेका बेला लोहारपट्टी बजारबाट जनकपुर जाँदै गरेको ज १ त ९१७३ नंको ट्र्याक्टरले ठक्कर दिँदा छोरा आयुषको घटनास्थलमै मृत्यु भएको थियो । 

त्यस्तै, सोही दुर्घटनामा परी आमा उर्मिला यादव गम्भीर घाइते भएकी छन् भने उनको उपचार जनकपुर अञ्चल अस्पतालमा भइरहेको प्रहरी उपरीक्षक कडायतले बताए । 

दुर्घटनापश्चात् प्रहरीले आमाछोरालाई ठक्कर दिने ट्र्याक्टर र ट्र्याक्टर चालकलाई नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । 

सम्बन्धित समाचार

कुरिनटार दुर्घटनामा मृत्यु तीन पुग्यो (अपडेट)

धादिङ। पृथ्वी राजमार्गमा बुधबार भएको सवारी दुर्घटनामा तीनको मृत्यु भएको छ भने चार घाइते भएका छन् ।  चितवनको इच्छाकामना गाउँपालिकास्थित केबुलकार नजिकै पोखराबाट धादिङतर्फ आउँदै गरेको ग२च १७५१ नम्बरको मारुती भ्यान

 कुरिनटारमा भएको दुर्घटनामा दुई जनाको मृत्यु, पाँच घाइते

चितवन। इच्छाकामना गाउँपालिका–४ कुरिनटारमा आज दिउँसो सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।  जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पोखराबाट धादिङतर्फ जाँदै गरेको ग२च

उदयपुरमा मोटरसाइकल दुर्घटनामा परी १ जनाको मृत्यु 

गाईघाट । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–७ कौवाईमा आज बिहान ७ः३० बजे मोटरसाइ दुर्घटना हुँदा मोटरसाइकल चालकको घट्ना स्थलमा नै मृत्यु भएको छ भने पछाडि बस्ने गम्भीर घाइते भएका छन् ।  उदयपुर

बैतडीको बांगाबगरमा बस दुर्घटना, पाँच जना घाइते 

बैतडी । महाकाली राजमार्गअन्तर्गत बैतडीको डिलाशैनी–६ बाङ्गाबगरमा बस दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । घाइते हुनेमा बैतडीको सिगास गाउँपालिका–९ का ३ वर्षीय हार्दिक चन्द, दार्चुला शैल्यशिखरका २३ वर्षीया गिता


z