बैतडीमा चट्याङ लागेर २२ जना सैनिक घाइते

खरीबोट
ad

बैतडी । चट्याङ लागेर बैतडीमा नेपाली सेनाका २२ जना घाइते भएका छन् । 

मंगलबार साँझ ७ बजेर ५० मिनेट जाँदा परेको चट्याङले शत्रुमर्दन गुल्मअन्तर्गत कठपतेमा तालीम गरिरहेका सेनाका जवान घाइते भएको शत्रुमर्दन गुल्मका गुल्मपति, सेनानी सुदीप बानियाँले जानकारी दिए । 

उनले भने, ‘घाइतेमध्ये पाँचजनाको अवस्था गम्भीर छ ।’ गम्भीर घाइते भएका अमरसिंह आलेमगर, बलराम थापामगर, दिनेशराज भट्ट, धनबहादुर ठनेत र सोनाम लामा तामाङलाई थप उपचारका लागि काठमाडौँ पठाउने तयारी भएको सेनानी बानियाँले जानकारी दिए । 

बानियाँका अनुसार तालीममा रहेका सेनाका जवान एक्कासी चट्याङ लागेर घाइते भएका छन् । सामान्य घाइते भएका १७ जनाको जिल्ला अस्पतालमै उपचार भइरहेको छ । गम्भीर घाइते पाँचजनालाई उपचारका लागि काठमाडौँ पठाउने तयारी गरिएको छ ।

सम्बन्धित समाचार

बडादशैंको दिन नेपाली सेनाले सर्वसाधारणका लागि बस सेवा सञ्चालन गर्ने

काठमाडौँ। नेपाली सेनाले विजया दशमीका दिन काठमाण्डौं उपत्यकाभित्र बस सेवा संचालन गर्ने भएको छ।  विजया दशमीमा सार्वजनिक सवारी साधन न्यून मात्र चल्ने भएकोले सैनिक तथा गैह्र सैनिक व्यक्तिहरुको आवागमनमा सुविधा पुर्याउने पुर्याउने

६० वर्षको अवधिमा नेपाली सेनाले जित्यो एक लाख २२ हजार 'शान्ति पदक'

काठमाडौँ / विश्व शान्ति स्थापनामा योगदान पु¥याएबापत ६० वर्षको अवधिमा नेपाली सेनाले एक लाख २२ हजार ८७१ थान शान्ति पदक (युएन मेडल) प्राप्त गर्न सफल भएको छ । सन् १९५८ मा

लोकतान्त्रिकरणको नाममा सेनामाथिको ‘माइक्रो म्यानेजमेन्ट’ स्वीकार्य छैन - प्रधानसेनापति थापा 

काठमाडौं। प्रधानसेनापति पूर्णचन्द्र थापाले सेना माथिको हस्तक्षेप कुनै हालतमा स्वीकार्य नहुने बताएका छन् । लोकतान्त्रिकरणको नाममा नेपाली सेनामाथि ‘माइक्रो म्यानेजमेन्ट’ गर्न खोजिएको भन्दै उनले त्यो स्वीकार्य नहुने बताएका हुन्।  प्रधानसेनापति भएपछि

द्रुतमार्ग निर्धारित समयमै पूरा हुने : नेपाली सेना

काठमाडौँ । नेपाली सेनाले राष्ट्रिय गौरव तथा रणनीतिक महत्वको काठमाडौँ–तराई– मधेश दु्रतमार्ग (फाष्ट ट्रयाक) निर्धारित समयमै निर्माण पूरा हुनेमा आशङ्का नगर्न आग्रह गरेको छ । सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित


z