कारको ठक्करबाट ७२ वर्षीय वृद्धको मृत्यु

खरीबोट
ad

पथरी । पूर्वपश्चिम लोकमार्गअन्तर्गत मोरङको सुन्दरहरैचा नगरपालिका–७ मा मंगलबार साँझ कारको ठक्करबाट सो नगरपालिका–३ का ७२ वर्षीय विष्णु सुब्बाको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक विष्णुहरि कोइरालाका अनुसार पश्चिमतिर जाँदै गरेको बा १८ च २२४० नंको कारले साइकलयात्री सुब्बालाई साँझ ६ः०० बजे सुन्दरहरैचा–७ विश्वकर्मा मन्दिर नजिकै ठक्कर दिएको थियो । 

ठक्करबाट गम्भीर घाइते भएका सुब्बाको उपचारका क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा राति ८ः०० बजे मृत्यु भएको हो । ठक्कर दिने कारसहित चालकलाई इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित समाचार

पाकिस्तानमा रेलले रिक्सा ठक्कर दिँदा अाठ जनाकाे मृत्यु

इस्लामाबाद (रासस/सिन्ह्वा) / पाकिस्तानको सिन्ध प्रान्तमा रेलले रिक्सालाई ठक्कर दिँदा कम्तीमा आठ जना मारिनुका साथै अरु आठजना घाइते भएको प्रहरीले जनाएको छ ।  प्रहरीका अनुसार सिन्धको काँधकोट जिल्लाको ताङवानी क्षेत्रमा यात्रु बोकेको रिक्सालाई

ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु

कावासोती। पूर्व–पश्मिच राजमार्गअन्तर्गत नवलपरासीको कावासोती नगरपालिका–३ स्थित पुरानो कावासोतीमा गए राति भारतीय मालवाहक ट्रकले साइकल यात्रीलाई ठक्कर दि“दा एक जनाको मृत्यु भएको छ ।  पश्चिमबाट पूर्वतर्फ आउदै गरेको एमएच४६बिबि ८२११ नं

काठमाडौँको सीतापाइलामा ट्याक्सीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौँ । काठमाडौँ सीतापाइला चोकमा बा २ ज २५६९ नम्बरको ट्याक्सीले गए राति बा ६६ प ४६०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा काभ्रेपलाञ्चोक रोशी गाउँपालिकाका २३ वर्षीय नीरज लामाको मृत्यु भएको

भक्तपुरमा बसले ठक्करले दुई जनाको मृत्यु

भक्तपुर। भक्तपुरको सूर्यविनायक–९ हवनव अगाडि अरनिको राजमार्गमा गए राति बनेपा जाँदै गरेको बा९ख ९४५४ नं को बसले विपरीत दिशाबाट आउँदै गरेको बा८०प ६९५९ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार


z