पाल्पा रिब्दीकोटका दलित समुदाय बाँसका सामाग्री बनाउनबाट विस्थापित

खरीबोट

फाइल तस्विर । 

ad

पाल्पा । रिब्दीकोट गाउँपालिकास्थित कुसुमखोलाका दलित समुदाय बाँसका सामग्री बनाउने पेशाबाट विस्थापित भएका छन् । 

घरमा उत्पादन गरेका बाँसका सामग्री घरबाट बिक्री नभएपछि गाउँगाउँमा लैजानुपर्ने बाध्यता नहटेपछि अहिले बाँसका सामग्री बनाउने पेशाबाट विस्थापित हुन पुगेका हुन् । बजारको उचित व्यवस्था नहुँदा नयाँ पुस्ता यस पेशामा आकर्षित हुन नसक्दा पेशाबाट सिंगो समुदाय नै विस्थापित भएको स्थानीय बासिन्दा पदम विश्वकर्मा बताउँछन् । 

‘बाँसका सामान बोकेर गाउँ चाहार्न निकै सास्ती हुन्छ, बाँसका सामान बेच्नका लागि बजार छैन’, ५९ वर्षीय रनवीर विश्वकर्माले दुखेसो पोखे । बाँसका सुपो नाङ्लो, डाला, मान्द्रालगायत वस्तु बुन्दै आएपनि बजारको समस्या रहेको उनको भनाइ छ । 

‘बालबालिका यही पेशामा काम गरी हुर्काइयो, अहिले मासिक रु १५ हजार आम्दानी गर्नसमेत गाउँ चाहार्नु पर्छ, कहिले आम्दानी हुन्छ, कहिले हुँदैन,’ विश्वकर्माले भने । पहिले १३ घरले बाँसका सामान बनाउने काम गरेपनि अहिले आफूले मात्र यो पेशालाई निरन्तरता दिएको जानकारी दिए । 

बाँसका सामग्री बनाउन बढी समय लाग्ने र काम बढी जोखिमको भएकाले युवा पुस्ताको आकर्षक पेशाका रुपमा स्थापित हुन सकेको छैन । बजारमा मेसिनद्वारा बनेका सामानका कारण सस्तो मूल्यमा प्लास्टिकका सामान पाइन्छन् । 

उनीहरु बाँसका सामग्रीले बजार पाउन समस्या झेल्न बाध्य हुँदै आएका छन् । ‘चुनाव आएपछि नेताहरु घरमा नमस्कार गर्दै साइनो लगाउँछन्, दलित बस्तीमा आउने गरेपनि चुनाव सकिएपछि मुखमा समेत हेर्दैनन्,’ स्थानीय बासिन्दा रनवीर विश्वकर्माले बताउनुभयो । काम नगरी खान नै पाइँदैन, बाँसका चोया बनाउँदै उनले भने, ‘भोट दिए पनि हाम्रा बस्तीमा विकास भएन ।’

कुसुमखोलाको माराबाँसका विश्वकर्मा समुदायले निर्वाचनपछि नेताहरु आफ्ना समस्या बुझ्न नआएकामा उनीहरु दुःखी भएको बताएका छन् । दलित बस्तीमा अझै शिक्षा, स्वास्थ्य, रोजगारी, खानेपानी, सडकलगायतका क्षेत्रमा पहुँच पुग्न सकेको छैन ।

सम्बन्धित समाचार

ब्राह्मण र दलित समुदायले एकैसाथ सामूहिक जमरा राखे  

बेत्रावती। दशैँ पर्वका अवसरमा नुवाकोटको बेलकोटगढी नगरपालिका बेलकोटगढीमा १३८ परिवारले बुधबार सामूहिकरुपमा घटस्थापना गरी जमरा राखेका छन् ।  बेलकोटगढी नगरपालिका– १० स्थित नीरञ्जना भगवति मन्दिरमा बडादशैँका लागि ब्राह्मण र दलित समुदायले

दलित महिला उत्थान सङ्घद्वारा महिला हिंसा नियन्त्रणमा जोड

चितवन । दलित महिला उत्थान सङ्घ (एड्वान)ले बालिका तथा महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्य गर्ने विषयलाई मुख्य रूपमा अगाडि बढाउने भएको छ । एड्वानको यहाँ आज आयोजित १९औँ साधारणसभामा अध्यक्ष

बेँसीशहरमा दलित सङ्ग्रहालय निर्माण

बेँसीशहर /  बेँसीशहर नगरपालिका–३ को पर्यटकीय स्थल गाउँ गाउँशहरमा दलित सङ्ग्रहालय निमार्ण गरिएको छ । गाउँशहरस्थित युवा क्लब, आमा तथा बाबा समूहको सक्रियतामा उक्त सङ्ग्रहालय निमार्ण गरिएको हो ।  पाँच वर्षअघि

बारामा दलितलाई मन्दिर प्रवेशमा रोकको विरोध

बारा । नेपालको संविधानको धारा २४ ले जातीय छुवाछूतलाई निषेध गरेको भएपनि दलितलाई मन्दिरमा प्रवेश गर्न रोक लगाउने काम बारा जिल्लामा यथावत् रहेको छ । संविधानको यस धाराले कुनै पनि व्यक्तिलाई


z