• २०८१ बैशाख ८ शनिबार

सिद्धार्थ बैंकको आजबाट ६८ करोड २६ लाखको हकप्रद बजारमा

kharibot

काठमाडौं । सिद्धार्थ बैंकले आज बुुधबारबाट हकप्रद सेयरको बिक्री खुल्ला गरेको छ । बैंकले ६८ करोड २६ लाख ११ हजार सात सय १९ रुपैयाँबराबरको हकप्रद सेयरको बिक्री खुल्ला गरेको हो ।

राष्ट्र बैंकको निर्देशनअनुुसार वाणिज्य बैंकहरुले न्यूनतम आठ अर्ब रुपैयाँ चुक्ता पुँजी कायम गर्नुुपर्ने भएपछि बैंकले हाल कायम रहेको चुक्ता पुँजी छ अर्ब ८२ करोड ६१ लाख १७ हजार एक सय ८८ रुपैयाँबाट १० बराबर एकको अनुपातमा एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी ६८ लाख २६ हजार एक सय १७ दशमलव १९ कित्ता हकप्रद सेयरको बिक्री खुल्ला गरेको हो । 

बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल लिमिटेड रहेको बैंकको हकप्रद सेयरको बिक्री कार्य चैत ६ गतेसम्म जारी रहने छ । अधिकृत पुँजी १० अर्ब रुपैयाँ रहेको बैंकको जारी पुँजी भने सात अर्ब ५० करोड ८७ लाख २८ हजार आठ सय ७० रुपैयाँ रहेको छ ।

हकप्रद सेयरको बिक्रीपश्चात् बैंकको चुक्ता पुँजी सात अर्ब ५० करोड ८७ लाख २८ हजार आठ सय ७० रुपैयाँ नै पुुग्नेछ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै