• २०८१ बैशाख ४ मंगलबार

क्यानडाविरुद्ध नेपालले टस जितेर फिल्डिङ रोज्यो, क्यानडाको ब्याटिंग जारी

kharibot

काठमाडौँ । आइसिसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत लिफ चरणको आन्तिम खेलमा नेपालले क्यानाडाविरुद्ध टस जितेर पहिला फिल्डिङ रोजेको छ ।

विश्वकप छनोट खेल्न नेपाललाई आज क्यानडालाई हराउनै पर्ने दबाबसहित नेपाल आज मैदानमा उत्रिदै छ । 

आइसिसी विश्व क्रिकेट लिग डिभिजन टूअन्तर्गत मंगलबार भएको खेलमा नामिबियाले केन्यामाथि आठ विकेटको जित हात पारेसँगै रनरेटको आधारमा नेपाललाई पछि पार्दै नामिबिया अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । 

अन्तिम चरणको खेल बाँकी हुँदा क्यानडा, नामिबिया र नेपालको समान ६ अंक छ । तर रनरेटमा पछि रहेको नेपाल तेस्रो स्थानमा झरेको छ । 

बुधबार अन्तिम दिन हुने खेलले विश्वकप छनोटमा पुग्ने दुई टोलीको टुंगो लाग्नेछ । नेपालले बुधबार शीर्ष स्थानको क्यानडासँग खेल्दैछ भने नामिबियाले चौथो स्थानको युएइसँग खेल्नेछ ।

अब नेपालले शीर्ष दुईमा स्थान बनाउँदै वान डे वल्र्डकप क्वालिफायरमा स्थान बनाउन क्यानडालाई हराउनै पर्नेछ । हराउन असफल भएमा नेपालको यात्रा डिभिजन २ मै यथावत रहने सम्भावना बढी हुन्छ । 

डिभिजन २ को शीर्ष दुई स्थानमा रहने टोली वल्डकप क्वालिफायरमा छनोट हुनेछन् भने तेस्रो र चौथो स्थानमा रहने टोली डिभिजन २ मै यथावत रहनेछन् । अहिलेसम्म एक खेल पनि जित्न नसकेको केन्या डिभिजन २ बाट ३ मा घटुवा भइसकेको छ ।

नेपालले समूह चरणको अन्तिम खेलमा आज लिगमा शीर्ष स्थानमा रहेको क्यानडाको सामना गर्नेछ । पहिलो खेलमा नामिबियामाथि रोमाञ्चक जित निकालेको नेपालले दोस्रो खेलमा ओमानसँग हार व्यहोरेको थियो भने तेस्रो खेलमा सोमबार युएइलाई हराएको थियो । 

नेपालले क्यानडासँग खेल्दा घरेलु टोली नामिबियाले युएइको सामना गर्नेछ । यदि नेपालले जित्यो भने सोझै फाइनलसँगै विश्वकप छनोटमा स्थान पक्का गर्नेछ । 

लाइभ स्कोरका लागि यँहा क्लिक गर्नुस 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै