• २०८१ बैशाख ८ शनिबार

अख्तियारको कार्यवाहक प्रमुखमा नवीनकुमार घिमिरे

kharibot

काठमाडौँ / अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यवाहक प्रमुख आयुक्तको जिम्मेवारी आयुक्त नवीनकुमार घिमिरेले आजदेखि सम्हालेका छन् । 

उहाँ विसं २०७१ साल चैत १९ गते आयोगको आयुक्तमा नियुक्त भएका थिए । घिमिरेले संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी ऐन २०५३ को दफा २० बमोजिम कार्यवाहक प्रमुख आयुक्तको जिम्मेवारी सम्हाल्नुभएको आयोगका प्रवक्ता पदमप्रसाद पाण्डेयले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । 

विसं २०७४ जेठ ८ गतेदेखि प्रमुख आयुक्तको जिम्मेवारी सम्हाल्दै आएका दीप बस्न्यात उमेरहदका कारण फागुन १ गतेबाट अवकाश पाएका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै