सेयरबजारमा सुधार, बीमा समूहको सूचक उच्च अंकले बढ्यो 

खरीबोट
ad

काठमाडौं । नेप्से सूचक तथा कारोबार रकम दुुबैमा आज बुुधवार सुधार अएको छ । यसअघि लगातार घट्दै आएको नेप्से आज आठ दशमलव ६५ अंकले बढेर १३ सय ८८ दशमलव  ९४ विन्दुुमा पुुग्दा सेन्सिटिभ एक दशमलव ५१ अंकले बढेर दुुई सय ९३ विन्दुुमा पुुगेको छ ।

कुुल एक सय ५५ कम्पनीहरुको तीन हजार चार सय २२ वटा कारोबारमा नौ लाख ३१ हजार दुुई सय १६ कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोबार रकम ३८ करोड ६४ लाख ८६ हजार दुुई सय आठ रुपैयाँ पुुगेको छ । 

नेप्सेमा आज १० वटा समूहको कारोबार भएकोमा तीन वटा समूहको सूचक सामान्य अंंकले घटेपनि बाँकी सात वटा समूहको सूचक उच्च अंकले बढेको छ । सबैभन्दा उच्च अंकले बढेको बीमा समूहको सूचक एक सय २१ दशमलव ५२ अंकले बढेर सात हजार ७४ दशमलव ६९ विन्दुुमा चढ्दा ४६ लाख नौ हजार तीन सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

वाणिज्य बैक समूहको सूचक पनि पाँच दशमलव ६१ अंकले बढेर १२ सय १० दशमलव ९९ विन्दुुमा चढ्दा १६ करोड ५३ लाख ६९ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ । बिकास बैक समूहको सूचक पनि दुुई दशमलव ७२ अंकले बढेर १५ सय ७३ दशमलव ३३ विन्दुुमा चढ्दा एक करोड १४ लाख १८ हजार एक सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

यसैगरी जलबिद्युुत समूहको सूचक १८ दशमलव दुुई अंकले बढेर १७ सय ७४ दशमलव ३३ विन्दुुमा चढ्दा एक करोड ४१ लाख ५५ हजार तीन सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ । ट्रेडिङ, होटल र लघुबित्त समूहको सूचक पनि आज बढेकाछन । फाईनान्स, उत्पादनमुलक र अन्य समूहको सूचक भने आज क्रमश दुुई दशमलव ७९,  पाँच दशमलव ३५ र एक दशमलव ५४ अंकले  घटेकाछन । 

आज बढी कमाउने कम्पनीको सुचीमा परेको आरएसडिसी लघुुबित्त बित्तीय संस्थाको सेयर मूल्य १० रुपैयाँले बढेर नौ सय २४ रुपैयाँमा कारोबार भएको छ भने बढी गुुमाउने कम्पनीको सुचीमा परेको कञ्चन डेभलपमेन्ट बैंकको सेयर मूल्य पाँच रुपैयाँ २१ पैसाले घटेर दुुई सय १८ रुपैयाँमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

रकम कारोबारका आधारमा अग्रस्थानमा परेको नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयरतर्फ ११ सय रुपैयाँ अन्तिम मूल्यमा पाँच करोड ५० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

यसैगरी प्रभुु बैकको पनि आज दुुई सय २८ रुपैयाँ अन्तिम मूल्यमा पाँच करोड ३१ लाख ६७ हजार तीन सय ८५ रुपैयाँको सेयर कारोबार भएको छ । 

सम्बन्धित समाचार

दशै लगत्तै खुुलेको नेप्सेमा झण्डै पाँच अंकको बृद्धि, १४ करोडको कारोवार 

काठमाडौ। दशैं लगत्तै आज पहिलो दिन खुुलेको सेयर बजारमा पहिलो दिन सुुधारोन्मुुख दिशामा देखिएको छ ।  नेप्से सुचक चार दसमलव ८९ अंकले बढेर १२ सय ४६ दसमलव ५२ बिन्दुुमा चढ्दा

दशैं विदा सुरु हुनुअघिको सेयरबजार : सूचक घट्यो, कारोबार रकम बढ्यो

काठमाडौं । आज सोमबार नेप्सेमा झिनो अंकले गिरावट आए पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ । दशैं विदा सुरु हुनुअघि अर्थात आज सोमबार नेप्से शून्य दशमलव ७९ अंकले

सेयरबजारमा दशैं प्रभाव : कारोबार रकम खुम्चियो, सूचक बढ्यो 

काठमाडौं । दशैं नजिकिँदै गर्दा सेयर बजार भने उकालो लाग्न थालेको छ । यो बीचमा सेयर बजार बढे पनि धेरै लगानीकर्ताहरु दशैं मनाउन कैं लागि आ—आफ्नो थाँतथलो गएका कारण कारोबार

१० अंकले बढ्यो सेयरबजार, कारोबार रकममा सुधार देखिएन

काठमाडौं । दशैं नजिकिँदै गर्दा नेप्से सूचक बढेपनि कारोबार रकममा भने खासै सुधार आएको छैन । साताको अन्तिम कारोबार दिन आज बिहिबार दुबै सूचक बढेपनि कारोबार रकम खासै बढ्न सकेन


z