राजपाका यादव प्रदेश २ को सभामुखमा निर्विरोध निर्वाचित

खरीबोट
ad

जनकपुरधाम / प्रदेश नं २ को प्रदेशसभाको सभामुखमा राष्ट्रिय जनता पार्टी नेपालका सरोजकुमार यादव निर्विरोध निर्वाचित भएका छन्  । 

प्रदेशसभाको पहिलो अधिवेशनअन्तर्गत आज भएको तेस्रो बैठकमा सो जानकारी दिइएको हो ।

निर्धारित समयभन्दा ४५ मिनेट ढिलो शुरू भएको बैठकमा अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य लगनलाल चौधरीले प्रदेशसभा कार्यसञ्चालन अन्तरिम कार्यविधि २०७४ र नेपालको संविधानको धारा १८२ को उपधारा (३) उपदफा (२) बमोजिम प्रस्तावको सूचना एउटा मात्र प्राप्त भएको जनाउदै यादवलाई निर्विरोध घोषणा गरेका थिए । 

बैठक १ः४५ देखि १ः५५ सम्म बसेको थियो । बैठकमा ज्येष्ठ सदस्य चौधरीले सभामुखको निर्वाचनको प्रस्तावका लागि प्रदेशसभा सदस्य एंव राष्ट्रिय जनता पार्टी नेपालका संसदीय दलका नेता जीतेन्द्रप्रसाद सोनारलाई अनुमति दिएपछि उनले यादवलाई सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभयो, भने संघीय समाजवादी फोरम नेपालका संसदीय दलका नेता लालबाबु राउतले सो प्रस्तावको समर्थन गरेका थिए । 

बैठकले प्रदेशसभा अन्तरिम कार्यविधि,२०७४को दफा ७ को उप दफा (१) बमोजिम प्रदेशसभाको उपसभामुखको निर्वाचन यही फागुन ४ गते निर्धारण गरेको छ । प्रदेशसभाको अर्को बैठक यही फागुन ४ गते दिउँसो १ः०० बजे बस्ने छ । 

निर्विरोध निर्वाचित हुनुभएका सभामुख यादवले पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै सबैको सहयोग लिई कार्य सम्पादनलाई प्रभावकारी बनाउने बताए । आफू निष्पक्ष, कानूनसम्मत् ढंगले कार्य गर्ने बताउदै उहाँले प्रदेशलाई समृद्ध बनाउने अभियानमा सबै पक्षको अग्रसरतामा जोड दिए । स्थायी राजधानीका बारेमा सभाले यथाशीध्र निर्णय गर्ने विश्वाससमेत व्यक्त गरे   । 

सम्बन्धित समाचार

मानसिक रोगको उपचारमा सरकारले विशेष ध्यान दिने : उपप्रधानमन्त्री यादव

काठमाडौँ । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले अशिक्षा, बेरोजगारी, बसाइसराई, सामाजिक विखण्डन र प्राकृतिक प्रकोपसहित गरीबीका कारण नेपालमा मानसिक रोगीहरूको सङ्ख्या दिनदिनै बढिरहेकामा चिन्ता व्यक्त गरेका छन् । संयुक्त

शिक्षा र स्वास्थ्य स्थानीय तहलाई दिन हुन्न :  राज्यमन्त्री यादव

भक्तपुर । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्रकुमार यादवले शिक्षा र स्वास्थ्य स्थानीय तहलाई दिन नहुने बताएका छन् । विश्व मुटुरोग दिवसको अवसरमा आज भक्तपुरको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा आयोजना

व्यवसायीले प्रधानमन्त्रीसँग डिल गरेर भाडा बढाए - आपूर्तिमन्त्री मातृका यादव

काठमाडौं। सरकारका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले यातायात  व्यवसायीले १० प्रतिशत भाडा वृद्धि गर्दा प्रधानमन्त्रीसँग डिल गरेको बताएका छन्।  बुधबारको उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सांसदहरुको

सिरहामा अपहरण भएको भनिएका डा यादव समातिए

सिरहा । सिरहाको लहानबाट हिजो साँझ अपहरण भएको भनिएका डा सुभाष यादवलाई गएराति ११ बजे प्रहरीले फेला पारेको छ । सप्तरीको मल्हनिया–२ निवासी डा यादवलाई प्रहरीले सर्लाहीको नवलपुरमा फेला पारेको


z