काठमाडौँ । डिभिजन २ अन्तर्गतको खेलमा नेपाललाई क्यानाडाले १९५ रनको लक्ष्य दिएको छ ।
आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत लिग चरणको अन्तिम खेलमा क्यानडाले टस हारेर पहिला ब्याटिंग गर्दै ५० ओभरमा ८ विकेट गुमाएर १९४ रन बनाएको थियो ।
क्यानडाका लागि श्रीमंथ वेजेरत्नेले नट आउट १०३ रन बनाएका थिए भने हमाज तरिकले २४, सत्सीमरनजित धिन्साले नट आउट १८ र साद बिन जाफरले १० रन बनाएका थिए ।
नेपालका लागि बसन्त रेग्मीले ३, सन्दीप लामिछानेले २ विकेट, करन केसी र शरद भेसावाकरले एक-एक विकेट लिएका छन् ।
अब नेपालले जवाफी ब्याटिंग गर्दै छ ।