• २०८१ बैशाख ८ शनिबार

नेपाललाई क्यानडाद्वारा १९५ रनको लक्ष्य, नेपालले जवाफी ब्याटिंग गर्दै 

kharibot

काठमाडौँ । डिभिजन २ अन्तर्गतको खेलमा नेपाललाई क्यानाडाले १९५ रनको लक्ष्य दिएको छ ।

आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत लिग चरणको अन्तिम खेलमा क्यानडाले टस हारेर पहिला ब्याटिंग गर्दै ५० ओभरमा ८ विकेट गुमाएर १९४  रन बनाएको थियो । 

क्यानडाका लागि श्रीमंथ वेजेरत्नेले नट आउट १०३ रन बनाएका थिए भने हमाज तरिकले २४, सत्सीमरनजित धिन्साले नट आउट १८  र साद बिन जाफरले १० रन बनाएका थिए ।

नेपालका लागि बसन्त रेग्मीले ३, सन्दीप लामिछानेले २ विकेट, करन केसी र शरद भेसावाकरले एक-एक विकेट लिएका छन् । 

अब नेपालले जवाफी ब्याटिंग गर्दै छ ।

लाइभ स्कोरको लागि यँहा क्लिक गर्नुहोस् 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै