ग्लोबल आइएमई बैंकको ७०औँ शाखारहित बैंकिङ्ग सेवा रुकुममा 

खरीबोट

काठमाडौं । ग्लोबल आइएमई बैंकले  बुधबारदेखि रुकुम जिल्लाको सानीभेरी गाउँपालिका ९, सिम्लीमा आफ्नो ७०औँ शाखारहित बैकिङ्ग सेवा सुरु गरेको छ । सानीभेरी गाउँपालिका ९, सिम्लीमा खोलिएको सेवाको २०७४ फागुन ०२ गते बुधबार सानीभेरी गाउँपालिका प्रमुख नर बहादुर पुन ज्यूले एक समारोहका बीच उद्घाटन गरेको हो । 

उक्त स्थानमा खोलिएको सेवाको लागि स्थानिय जीवन खड्का लाई व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ । कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको क्षेत्रका बासिन्दा बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरि ग्लोबल आइएमई बैंकले ति स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको हो । 

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ११५ वटा शाखा, १२७ एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर ७० शाखा रहित बैंकिङ्ग सेवा माफर्त आफ्ना ग्राहकहरुमाझ सेवा प्रदान गर्दै आइरहेको छ ।

त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्पर्क कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरु माझ सेवा प्रदान गर्दै आईरहेको छ ।

 त्यसैगरि बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दे आइरहेको छ ।

सम्बन्धित समाचार

ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा  ढकाल 

काठमाडौं । ग्लोबल आइएमई बैंककोे नायब प्रमुख कार्यकारी अधिकृतमा महेश शर्मा ढकाल नियुक्त भएका छन् । बैंकका अनुसार ढकालले असोज २५ गते बिहीबारबाट कार्यभार सम्हालेका छन् । यसअघि ढकाल मेगा

ग्लोबल आइएमई बैंक र लेखनाथ सिटी हस्पिटलबीच सम्झौता

काठमाडौं । ग्लोबल आइएमई बंैक र पोखरा महानगरपालिका वडा नं. २६, बुढीबजार, कास्कीमा रहेको लेखनाथ सिटी हस्पिटल प्रा.लि.बीचमा बंैकका डेविट कार्ड, क्रेडिट कार्ड, प्रिभिलेज कार्ड होल्डर, बैंककाकर्मचारी तथाकर्मचारीका परिवारले सो

ग्लोबल आइएमई बैंकद्वारा कम्प्युटर सहयोग

काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत रसुवा जिल्लाको नवकुण्ड गाउँपालिका ६ स्थित गोसाइँकुण्ड माध्यमिक विद्यालयलाई ५ थान कम्प्युटर हस्तान्तरण गरेको छ । रसुवा जिल्लाको शैक्षिक विकासमा सहयोग पु¥याउने

ग्लोबल आइएमई बैंक र चन्द्रागिरि हिल्सबीच सम्झौता 

काठमाडौं । ग्लोबल आइएमई बैंक लि. र चन्द्रागिरि हिल्स लि.बीच मंगलबार चन्द्रागिरि केबुलकारको टिकट खरिदमा छुटसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र


z