• २०८१ बैशाख ७ शुक्रबार

निर्वाचन आयोगले निर्वाचनको अन्तिम परिणाम आजै राष्ट्रपतिलाई बुझाउने

kharibot

काठमाडौं । निर्वाचन आयोगले निर्वाचनको अन्तिम परिणाम आजै राष्ट्रपतिलाई बुझाउने भएको छ । 

कांग्रेस, माओवादी र राजपाले सूची सच्याएर आयोगमा बुझाईसकेकाले समानुपातिकको अन्तिम नतिजा आजै सार्वजनिक गरेर पूर्ण नतिजा राष्ट्रपतिलाई बुझाउने आयोगले तयारी गरेको छ । प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधिप्रसाद यादवको नेतृत्वमा बेलुका ८ बजे परिणाम राष्ट्रपतिलाई बुझाइने तयारी आयोगले गरको छ ।

आयोगले प्रदेश र प्रतिनिधिसभा चुनाव सकिएको ७० दिनपछि प्रतिनिधिसभातर्फको सम्पुर्ण परिणाम राष्ट्रपतिलाई बुझाउन लागेको हो । आयोगले राष्ट्रपतिलाई चुनावी परिणाम बुझाए लगत्तै नयाँ सरकार गठनको औपचारिक बाटो खुल्ला हुनेछ । संघीय संसदमा महिलाको प्रतिनिधित्व ३३ प्रतिशत सुरक्षित गर्न भन्दै आयोगले प्रतिनिधिसभा अन्तर्गत समानुपातिकतर्फको नतिजा सार्वजनिक गरेको थिएन ।

समानुपातिकतर्फको १ सय १० सिटमा दलले प्राप्त गरेको सिट संख्याका आधारमा क्लस्टर नमिलेपछि कांग्रेस, माओवादी र राजपालाई २ दिनको समय–सीमा दिँदै पुन सच्याउन पत्राचार गरेको थियो । 

समानुपातिकतर्फ एमालेले ४१, कांग्रेसले ४०, माओवादी केन्द्रले १७ तथा संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टीले ६–६ सिट प्राप्त गरेका थिए । सूची सच्याउन आयोगले २ दिन अर्थात आजसम्मको समय दिएको थियो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै