वर्षाले किसानलाई राहत, उच्च क्षेत्रमा हिमपात

खरीबोट

फाइल तस्बिर

ad

तेह्रथुम । आज अपराह्न परेको वर्षाले जिल्लाका किसानलाई राहत मिलेको छ । पाँच महिनादेखि वर्षा नहुँदा हिउँदे बाली लगाउन नपाएका किसान हर्षित बनेका छन् । लामो समयसम्म वर्षा नहुँदा किसानको खेतीयोग्य जमिन बाँझै रहेको थियो । 

वर्षाले किसानलाई ढिलै भए पनि हिउँदे बाली लगाउन सहज बनाएको छातेढुंगाका किसान सोमनाथ आचार्यले बताए । ‘पानी नपरेर बारी बाँझै थियो, अब बाँझो फोडेर मकै छर्न बाटो खुलेको छ,’ उनले भने । बुधबारको वर्षाले सबै क्षेत्रको जमिन राम्रोसँग नभिजे पनि अब निरन्तर वर्षा हुने आशा किसानले राखेका छन् । जिल्लामा गत असोजयता वर्षा भएको थिएन । 

असोजयता जिल्लामा वर्षा नहुँदा जिल्लाको ३० हजार हेक्टरभन्दा बढी क्षेत्रफलको खेतीयोग्य जमिन बाँझै भएको थियो । जिल्लाको ३७ हजार २८२ हेक्टर क्षेत्रफल खेतीयोग्य रहेको जिल्ला कृषि विकास कार्यालयको तथ्यांक छ ।

त्यतिका जमिनमध्ये अहिले पनि बाह्रैमास सिँचाइ हुने जमिन करिब छ हजार हेक्टर मात्रै छ । बाँकी रहेको बाँझो जमिनमा खेती लगाउन हिउँदे वर्षाले सहयोग पुर्याउने जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत रोहिणीराज घिमिरेले बताए । 

वर्षाले जिल्लामा गहुँ, आलु, तोरी, हरियो तरकारी, फापर, जौ, जै घाँस, मकै घाँस, मकै लगायतको कृषि बाली लगाउन सहज बनाएको किसानले बताएका छन् । वर्षा भएपछि किसानलाई बाली लगाउन बाटो खुलेको हमरजुङका किसान बमप्रकाश लिम्बूले बताए । बुधबार वर्षासँगै केही क्षेत्रमा असिनासमेत परेको छ । असिनाले केही फलफूल बालीमा क्षति पुर्याए पनि हिउँदे बाली लगाउनका लागि भने सहज बनाएको किसान लिम्बूले बताए । 

वर्षासँगै उच्च क्षेत्रमा हिमपात 

वर्षासँगै जिल्लाको उच्च क्षेत्रमा भारी हिमपात भएको छ । उच्च क्षेत्रमा वर्षकै सर्वाधिक हिमपात भएको हो । तीनजुरे मिल्के जलजले क्षेत्रको तीनजृुरे, चौकी, मंगलबारे, गुफापोखरी, मेन्छ्यायेम डाँडामा हिउँ परेर सेताम्मे भएको छ ।

गुफाबजारमा बुधबार दिउँसोबाट निरन्तर हिमपात भइरहेको स्थानीयवासी मञ्जु खनालले जानकारी दिए । ‘करिब दुई फिट हिउँ परेको छ,’ उनले भने, ‘वर्षासँगै हिउँ परेकाले यो वर्षकै उच्च हिमपात हो ।’ हिउँ परेपछि वसन्तपुर र आसपासका डाँडामा गाउँले हिउँ खेल्न पुगेका छन् ।

सम्बन्धित समाचार

सीमा विवादले भ्यूटावर निर्माण अलपत्र

तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिका र सङ्खुवासभाको धर्मदेवी नगरपालिकाको सीमास्थित तीनजुरे पाथीभरा डाँडामा भ्यूटावर निर्माणको काम अलपत्र भएको छ । टावर निर्माण भइरहेको जमीन तेह्रथुम या सङ्खुवासभाको हो भन्ने विवादले

तेह्रथुम पावरको सेयर बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल नियुक्त 

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले जारी पुँजीमध्ये १० प्रतिशत अर्थात ४,००,००० कित्ता साधारण शेयर उद्योग प्रभावित क्षेत्र तेह्रथुम जिल्लाका स्थानिय बासिन्दाहरुलाई र २० प्रतिशत अर्थात ८,००,००० कित्ता साधारण शेयर

तेह्रथुमको म्याङलुङ नगरपालिकामा स्थानीयको विरोधपछि कर सङ्कलन स्थगित

तेह्रथुम। तेह्रथुमको म्याङलुङ नगरपालिकाले ढुङ्गा, गिटी, बालुवामा लगाउँदै आएको कर र शुक्रबारे हटियामा उठाउँदै आएको कर तत्कालका लागि बन्द गरेको छ । उक्त कर अव्यावहारिक भएको भन्दै नगरवासीबाट विरोध भएपछि

तेह्रथुममा वृद्ध चौतारी निर्माण

तेह्रथुम । म्याङलुङ बजारमा वृद्धवृद्धाको जमघट र भलाकुसारीका लागि वृद्ध चौतारी निर्माण गरिएको छ । नगरपालिकाले बजारका वृद्धवृद्धाका लागि सो चौतारी निर्माण गरिदिएको हो । बजारको बीच भागमा रहेको रेडक्रस चोक


z