प्रदेश नं ५ को मुख्यमन्त्रीमा पोखरेल नियुक्त

खरीबोट

फाइल तस्बिर

ad

बुटवल । प्रदेश नं ५ को मुख्यमन्त्रीमा नेकपा एमाले प्रदेश संसदीय दलका नेता शंकर पोखरेल नियुक्त भएका छन् । 

प्रदेश प्रमुख उमाकान्त झाले आज पोखरेललाई नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश नं ५ को मुख्यमन्त्रीमा नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयका तर्फबाट सचिव सनतकुमार दवाडीले पत्रकार सम्मेलन गरी जानकारी दिए । 

एमाले र नेकपा माओवादी केन्द्र को समर्थनसहित पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गर्न माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीले आइतबार प्रदेश प्रमुख समक्ष दाबी पेश गरे । 

पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा ‘५ नं प्रदेशमा कुनैपनि दलले बहुमत प्राप्त नगरेको अवस्थामा प्रदेशसभाको कूल ८७ सदस्यमध्ये एमालेको ४१ र माओवादी केन्द्रको २० गरी ६१ जना सदस्यको एमाले नेता पोखरेललाई समर्थनको निर्णयबमोजिम मुख्यमन्त्रीमा नियुक्त गरिएको’ उल्लेख छ । 

नवनियुक्त मुख्यमन्त्री पोखरेलले बिहीबार अपराह्न २ बजे प्रदेश प्रमुखको निजी सचिवालयमा शपथ ग्रहण गर्ने कार्यक्रम तय गरिएको छ । 

मुख्यमन्त्री पोखरेलले बिहीबार नै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने एमाले संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले जानकारी दिए ।

सम्बन्धित समाचार

'विधेयकको अभावमा काम अघि बढ्न सकेन'

बुटवल / नेपाल कम्युनिष्ट पार्टी प्रदेश नं ५ संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले कानून अभावका कारण कार्यान्वयनमा जटिलता देखिएको बताएका छन् ।  आज रुपन्देहीको सैनामैनामा आयोजित दशैँ तथा दीपावलीको शुभकामना आदानप्रदानमा

नेपाली समाज अहिले पनि अधिकारमुखी राजनीतिमा रुमलिएको : प्रदेश नं ५ मुख्यमन्त्री पोखरेल

रूपन्देही । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले सबै तहका सुरक्षा निकायले जनताको विश्वास जितेर काम गर्नुपर्ने बताएका छन् । प्रदेश नं ५ को आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा आज

गौरवका आयोजनामा प्रदेश नं ५ सरकारको चासो

बुटवल । राष्ट्रिय गौरवका आयोजना निर्माणको अवस्थाबारे प्रदेश सरकारले चासो देखाएको छ । मुख्यमन्त्री कार्यालयमा मंगलबार आयोजित छलफल कार्यक्रममा मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश नं ५ मा सञ्चालित राष्ट्रिय गौरवका आयोजनाका कामको

प्रदेश नं ५ : मोनोरेल सञ्चालनबारे चिनियाँसँग छलफल

बुटवल। बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रलाई बौद्ध सर्किटका माध्यमबाट जोड्न मोनोरेल सञ्चालनका सम्भाव्यता बारेमा चिनियाँ रेलबे कम्पनीको टोलीसँग प्रदेश नं ५ को सरकारले छलफल गरेको छ ।  मुख्यमन्त्री शंकर पोखरेलसँग चाइना रेलबे


z