• २०८१ बैशाख १२ बुधबार

हिमालयन बैंकको मोबाईल बैकिङ्गमा अब नेपालपे क्यूआर उपलब्ध

kharibot

हिमालयन बैंक लिमिटेडले आफ्नो मोबाईल बैकिङ्ग ९एचआई( एमबी) मा एकिकृत नेपालपे क्यूआरको सफल रुपमा अन्तर आवद्धता कायम गरेको छ ।

अब बैंकका ग्राहकहरुले एचआई(एमबी को प्रयोग गरेर बिभिन्न मर्चेन्ट तथा पेमेन्ट गेटवेहरुमा रहेको नेपालपे क्यूआर स्क्यान गरेर क्यूआरमार्फत सजिलै भुक्तानी गर्न सक्नेछन् । साथै बैंकले राष्ट्र बैंकले जारी गरेको नेपालपे क्यूआरमा आधारित भएर आफ्नो मर्चेन्ट म्यानेजमेन्ट सिस्टमको प्रयोग गरेर नेपालपे, भिसा, युनियन पे र अलिपे लगायतका लागि अन्तरसंचालनशिलता तथा अन्तरआबद्धता कायम हुने गरी एग्रीगेटेड क्यूआर पनि स्विकार गर्ने कार्यको थालनी गरेको छ ।  

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको नेपाल–क्युआर स्ट्याण्डर्डको मूल पूर्वाधारको रुपमा नेपालपे क्यूआरस्थापना र एनसीएचएलद्वारा सञ्चालित हो, जस अन्तर्गत सदस्य बैंक वित्तीय संस्थाहरु, भुक्तानी सेवा प्रदायकहरु र अन्य भुक्तानी प्रणाली सञ्चालकहरुले छुट्टै योजनाको रुपमा र मर्चेन्ट वा अन्य  क्यूआर स्कीमसँग अन्तरआबद्धता कायम गरी प्रयोग गर्न सकिने व्यवस्था रहेको छ । वाणिज्य बैंक मध्ये नेशनल पेमेन्ट स्वीचमा जोडी नेपालपे क्यूआरलाई एग्रीगेटेड क्यूआरको रुपमा लागु गर्ने हिमालयन बैंक पहिलो बैंक रहेको छ । बैंकका ब्यापारिक ग्राहकहरु मर्चेन्टको रुपमा आबद्ध भएर आफ्ना ग्राहकहरु बाट एचआई( एमबी अथवा  नेपालपे क्यूआरमा आबद्ध अन्य उपकरणहरु मार्फत् सिधै आफ्नो खातामा भुक्तानी प्राप्त गर्न सक्दछन् । 

यसरी हिमालयन बैंकको मोबाईल बैङ्गिकमा क्यूआर जोड्दा र एग्रीगेटेड क्यूआरमा मर्चेन्ट एक्वायर गर्दा रिटेल स्तरमा हुने विद्युतीय भुक्तानीमा थप बृद्धी हुने आशा गरिएको छ, जुन यस बैंकको प्राथमिकता पनि रहेको छ । हिमालयन बैंकले भिसा, मास्टर कार्ड, एमेक्स, युनियन पे एससीटीका कार्डहरु जारी गर्नुका साथै भिसा, मास्टर कार्ड, अमेरिकन एक्सप्रेस युनियन पे, जेसिबी, कार्डका कारोबारहरु स्विकार पनि गर्दै आएको छ । यस बैंकको नेपालभरी १५२ वटा एटीएम र ५००० भन्दा बढी पिओएसहरु उपलब्ध रहेका छन् ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै