प्रदेश नं ७ को मुख्यमन्त्रीका लागि सांसद भट्टको दाबी

खरीबोट
ad

धनगढी । प्रदेश नं ७ को मुख्यमन्त्रीका लागि नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता त्रिलोचन भट्टले प्रदेश प्रमुखसमक्ष बुधबार आफ्नो दाबी पेश गरेका छन् । 

माओवादी केन्द्र र नेकपा एमालेका ३७ जना प्रदेश सांसदले मुख्यमन्त्रीमा भट्टलाई समर्थन रहेको भन्दै हस्ताक्षर सहितको समर्थन पत्र प्रदेश प्रमुख मोहनराज मल्लसमक्ष पेश गरेको प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव हीरालाल चौधरीले जानकारी दिए । अडचालीस वर्षीय भट्ट डोटी जिल्लाबाट प्रदेशसभामा प्रत्यक्ष निर्वाचित सांसद छन् । 

प्रदेश प्रमुखसमक्ष दाबी पेश गर्न प्रदेश कार्यालयमा पुगेको सांसदको टोलीमा यसअघि माओवादी केन्द्रभित्रका मुख्यमन्त्री बन्ने चर्चामा रहेका प्रदेश सांसद वीरभान चौधरी र झपट बोहरा पनि सम्मिलित थिए । यो सँगै प्रदेश नं ७ को मुख्यमन्त्री नियुक्तिको बाटो खुलेको छ । प्रदेश प्रमुख कार्यालयले यही फागुन ५ गते मुख्यमन्त्री नियुक्त गरी शपथग्रहणसमेत गराउने तयारी गरेको छ । 

यसअघि आजै प्रदेश प्रमुख मल्लले बहुमत सांसदको समर्थन जुटाउन सक्ने प्रदेशसभाका सांसदलाई मुख्यमन्त्रीको नियुक्तिका लागि यही फागुन ४ गते दिउँसो ११ बजेभित्र दाबी पेश गर्न आह्वान गर्नुभएको थियो ।

प्रदेश नं ७ को मुख्यमन्त्री माओवादी केन्द्रले पाउने र सभामुख एमालेले पाउने सहमतिबमोजिम सभामुखमा एमाले बझाङबाट निर्वाचित सांसद अर्जुनबहादुर थापा निर्वाचित भइसकेका छन् । 

प्रदेशसभाको उपसभामुखमा भने माओवादी केन्द्रका सांसद देवकी मल्ल र कुन्ती जोशीको नाम चर्चामा छ । यही फागुन ६ गते बस्ने प्रदेशसभाको बैठकले उपसभामुख चयन गर्ने कार्यतालिका छ । प्रदेश नं ७ मा एमाले २५, माओवादी केन्द्र १४, नेपाली काँग्रेस १२ र राष्ट्रिय जनता पार्टीका दुई सांसद छन् । 

सम्बन्धित समाचार

 प्रदेश नं ७ का ६६ स्थानीय तहका जनप्रतिनिधिले सम्पत्ति विवरण बुझाएनन्

अत्तरिया /  प्रदेश नं ७ का कूल ८८ स्थानीय तहमध्ये ६६ स्थानीय तहका जनप्रतिनिधिले अझै आफ्नो सम्पत्ति विवरण बुझाएका छैनन् । कैलाली र कञ्चनपुर जिल्ला समन्वय समितिसहित २२ नगर तथा गाउँपालिकाका

प्रदेश नं ७ मा ‘ओल्के’ चाड मनाइँदै

धनगढी । पिँडालुको कलिलो पात, दूध, दहीलगायत वस्तु सम्मानस्वरुप आफ्ना छरछिमेकीहरुलाई बाँडेर मनाइने ओल्के चाड प्रदेश नं ७ मा उल्लासपूर्वक मनाइँदै छ । हरेक वर्ष भाद्र सङ्क्रान्तिका दिन मनाइने यो चाड

प्रदेश नं ७ मा सुक्खावनदरगाह : शुरआतमै सशंकित

भीमदत्तनगर / नेपाल–भारत सीमा क्षेत्रमा पर्ने कञ्चनपुरको महाकाली नगरपालिका–७ कञ्चनभोजको नर्सरीमा गत बिहीबार बाक्लो सुरक्षा घेरामा स्थानीयवासी मलिनअनुसार गरेर आगन्तुकको पर्खाइमा थिए ।  उद्योग, वाणिज्य तथा आँपूर्ति मन्त्री मात्रिकाप्रसाद यादव पूर्व

प्रदेश नं ७ मा बजेटमाथिको छलफल जारी

धनगढी / प्रदेश नं ७ प्रदेशसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको बजेट माथिको छलफलमा भाग लिदैं सत्तापक्षका सदस्यले समग्रमा बजेट स्वागतयोग्य भए पनि यसमा धेरै विषय छुटेको बताए ।  बजेट बनाउँदा


z