नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुदाँ १९ जना घाइते

खरीबोट
ad

गौर । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँदा १९ जना घाइते भएका छन् । 

विश्रामपुरमा रहेको नगरपालिकाको केन्द्र अन्य ठाउँमा सार्न लागिएको भन्दै स्थानीयवासीले नगरपालिकाको कार्यालय तोडफोड गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले २१ राउण्ड अश्रुग्यास प्रहार गर्नुपरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामकुमार दानीले बताए । 

झडपमा परी नेपाल प्रहरी र सशस्त्र प्रहरीका १६ र तीन स्थानीयवासी घाइते भएका छन् । 

नगरपालिकाको कार्यालय विश्रामपुरबाट साविक सबै गाविसको केन्द्रबिन्दु चमनपुरमा सार्न कार्यपालिकाको बैठक बसिरहेको समयमा विश्रामपुरका स्थानीयवासीले बैठककक्षमै प्रवेश गरी अवरोध गर्न खोजेपछि झडप शुरु भएकोे प्रहरी निरीक्षक थापाले बताए । 

स्थानीयवासीले बैठकमा बसेका महिला तथा पदाधिकारीमाथि हातपात समेत गरेको नगर प्रमुख रामस्नेही यादवले बताए । स्थानीयवासीको आक्रमणबाट पचासभन्दा बढी कुर्सी, झ्यालका सिसा, नगरपालिकाको निर्णय पुस्तिका नष्ट भएको नगर प्रमुख यादवले बताए । 

स्थानीयवासी रामनाथ सहनीले कुनैपनि हालतमा नगरपालिकाको केन्द्र सार्न नदिने बताउनुभयो । नगरपालिकाको कार्यालय यथास्थानमै रहनुपर्ने माग गर्दै स्थानीयवासीले कार्यालय सार्ने निर्णय फिर्ता लिनुपर्ने माग गरेका छन् । 

सम्बन्धित समाचार

हत्या र हिंसा नियन्त्रणमा सरकार प्रतिबद्ध : गृहमन्त्री थापा

काठमाडौँ। गृहमन्त्री रामबहादुर थापाले सामाजिक तथा वस्तुगत आधारमा हत्या र हिंसाका घटना हुने गरेकाले त्यसलाई सरकारले नियन्त्रणको प्रयास गरिरहेको बताएका छन् ।  राष्ट्रियसभाको आजको बैठकमा सांसदले उठाएका हत्या, हिंसाका घटनाबारे सदनलाई

वीरगन्ज महानगरका अधिकृतसहित तीनजना घुस रकमसँगै अख्तियारको नियन्त्रणमा

वीरगन्ज।  वीरगन्ज महानगरपालिकाको शिक्षा शाखाका अधिकृतसहित तीनजना अख्तियारको नियन्त्रणमा परेका छन्। विद्यालयलाई अनुमतिका लागि घुसबापत लिएको एक लाख रुपैयाँसहित अख्तियारको टोलीले बिहीबार उनीहरूलाई पक्राउ गरेको हो।  पक्राउ पर्नेमा शाखा अधिकृत मन्जुर

घुस लिएको आरोपमा नौ प्रहरी अख्तियारको नियन्त्रणमा

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मनोहरा खोलाको बालुवा निकाल्न ‘सेटिङ’ मिलाइदिने भन्दै ठेकेदारसँग घुस लिएको आरोपमा नौ जना प्रहरीलाई नियन्त्रणमा लिएको छ ।  अख्तियारले प्रहरी सहायक निरीक्षक गोपाल श्रेष्ठ र सुवास

बलात्कारको आरोपमा सुनार प्रहरी नियन्त्रणमा

कञ्चनपुर । दश वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा महाकाली नगरपालिका–४ का ४० वर्षीय आइते सुनारलाई प्रहरीले नियन्त्रमा लिएको छ । मङ्गलबार साँझ सुनारले बालिकामाथि जबर्जस्ती करणी गरेका थिए । सुनारलाई स्थानीयवासीको