• २०८१ बैशाख ४ मंगलबार

नेपालसँगको सीमाबाट भारतीय मुजाहिद्दिन समूहका सदस्य आरिज खान पक्राउ

kharibot

नयाँ दिल्ली (रासस/सिन्ह्वा) । भारतीय प्रहरीले बुधबार अत्यधिक खोजी सूचीमा रहेका एक जना आतंककारीलाई पक्राउ गरेको दाबी गरेको छ । 

अधिकारीहरूले दिएको जानकारीअनुसार भारतीय मुजाहिद्दिन समूहका सदस्य आरिज खानलाई प्रहरीले पक्राउ गरेको हो । 

नेपाल — भारत सिमानामा खटिएको दिल्ली प्रहरीको विषेश टोलीले खानलाई एकाएक पक्राउ गरेको उनीहरूले बताएका छन् । 

“खान सन् २००८ देखि फरार रहेका थिए, उनलाई पक्राउ गर्न सफल हुनु ठूलो उपलब्धि हो,” दिल्ली प्रहरीका उपप्रमुख पी एस कुशहवाले भने । 

खानलाई धेरै आतंकवादी हमलामा संलग्न भएको मानिएको छ । प्रहरीले कारबाही गर्न लागेपछि उनी लुक्दै भाग्दै आएका थिए । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै