• २०८१ बैशाख ७ शुक्रबार

पिएसजीमाथि रियल म्याड्रिडको शानदार जित, रोनाल्डोले बनाए नयाँ रेकर्ड 

kharibot

काठमाडौँ । च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको प्रि–क्वार्टरफाइनलको पहिलो लिगमा रियल म्याड्रिड विजयी भएको छ ।

रियलको घरेलु मैदान भएको खेलमा फ्रेन्च क्लब पेरीस सेन्ट जर्मेन (पिएसजी) लाई ३–१ गोल अन्तरले पराजित गरेको छ ।  रियल म्याड्रिडको जितमा क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेका छन् ।

खेलको ३३औं मिनेटमा एड्रिड राबियोटको गोल मार्फत पिएसजीले सुरुवाती अग्रता बनाएको खेलमा पहिलो हाफको अन्तिममा रोनाल्डोले पेनाल्टी मार्फत गोल गर्दै रियललाई खेलमा फर्काएका थिए ।

त्यसपछि खेलको ८३औं मिनेटमा पुन: रोनाल्डोले दोस्रो गोल गर्दै रियललाई २-१ को अग्रता दिलाएका थिए । खेलको ८६औं मिनेटमा मर्सेलोले रियलका लागि तेस्रो गोल गर्दै रियलको जित सुच्निस्चित गरेका थिए ।

यस खेलमा दुई गोल गर्दै रोनाल्डोले नयाँ रेकर्ड बनाएका छन् । रोनाल्डो एकै क्लबबाट च्याम्पियन्स लिगमा सय गोल गर्ने पहिलो खेलाडी बनेका छन् । रोनाल्डोले रियल म्याड्रिडबाट ९५ खेलमा १०१ गोल गरेका छन् ।

अब दोस्रो लिग पिएसजीको घरेलु मैदानमा अर्को साता हुनेछ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै