• २०८१ बैशाख ६ बिहीबार

च्याम्पियन्स लिग : लिभरपुलको जितमा मानेको ह्याट्रिक 

kharibot

काठमाडौँ । च्याम्पियन्स लिग अन्तर्गत लिभरपुलले पोर्टोलाई ५–० को फराकिलो अन्तरले पराजित गरेको छ ।

पोर्टोको घरेलु मैदानमा भएको खेलमा लिभरपुलको जितमा सादियो मानेले ह्याट्रिक गरेका छन् । खेलको २५औं मिनेटमा मानेको गोलसँगै अग्रता बनाएको लिभरपुलका लागि २९औं मिनेटमा मोहम्मद सलाहले दोस्रो गोल गरेका थिए । खेलको ५३औं मिनेटमा पुन: मानेले टिमका लागि तेस्रो गोल गरे ।

त्यसपछि ६९औं मिनेटमा रोबेर्टो फेरमिनोले गोल गरेपछि लिभरपुलले चार शून्यको अग्रता बनायो । ८५औं मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई ५-०को जित दिलाए भने आफ्नो ह्याट्रिक पनि पूरा गरे । 

पहिलो लिगमा शानदार जित हासिल गरेको लिभरपुलले दोस्रो लिगमा घरेलु मैदानमा अर्को साता खेल्ने छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै